यसरी हेर्न सकिनेछ बुधबार प्रकाशित हुने एसईई परीक्षाको नतिजा

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
यसरी हेर्न सकिनेछ बुधबार प्रकाशित हुने एसईई परीक्षाको नतिजा

काठमाडौं ।

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यहि बुधबार भोली सार्वजनिक हुने भएको छ। यसको लागि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले विभिन्न माध्यमबाट परीक्षाको नतिजा हेर्न सकिने सुबिधा दिने भएको छ।

कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन समयमा सञ्चालन हुन नसक्दा गत वर्षको एसईई गएको वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो।

परीक्षामा सहभागी हुन करिब पाँच लाख १५ हजारले आवेदन दिएकोमा चार लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए । परीक्षा सकिएको लगत्तै पनिकाका कर्मचारी स्थानीय तह निर्वाचनमा खटिएकाले गत जेठ ३ गतेबाट उत्तरपुस्तिका परीक्षणसम्बन्धी काम अगाडि बढेको थियो । परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम छ।

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार एसईईको परीक्षाको नतिजा टेलिफोन वा एसएमएसलगायतका प्रविधिहरु प्रयोग गरेर हेर्न सकिने छ।

बोर्डको सूचनाअनुसार एसएमएसबाटबाट नतिजा थाहा पाउनका लागि प्रयोग हुने सर्टकोडहरू जानकी टेक्नोलोजीको ३५००१, इजी सर्भिसको ३४९४९, आकाश टेकको ३१००३ र नेपाल टेलिकमको १६०० रहेका छन्।

यसैगरी, वेबसाइटहरुमा बोर्डकै आफ्नै वेबसाइट, खल्तीको वेबसाइट कान्तिपुर पब्लिकेसनको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटलगायतबाट समेत हेर्न सकिने व्यवस्था गरिएको छ।

यी हुन परीक्षाको नतिजा हेर्न सकिने वेबसाइटहरु

  • www.see.gov.np
  • www.neb.gov.np
  •  www.khalti.com
  • www.neemaacademy.com
  • www.ekantipur.com
  • www.theconnectplus.com
  • www.see.edusanjal.com
  •  www.see.ntc.net.np
  • www.admissionnepal.com

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...