ट्राइटनले भारतमा हाइड्रोजन टू-व्हीलर उत्पादन गर्ने

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
ट्राइटनले भारतमा हाइड्रोजन टू-व्हीलर उत्पादन गर्ने

काठमाडौं ।

अमेरिकामा आधारित ट्राइटन इलेक्ट्रिक भेहिकलले भारतमा हाइड्रोजन ईन्धनमा चल्ने दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरू उत्पादन गर्ने घोषणा गरेको छ। भारतले ग्रीन हाइड्रोजन र ग्रीन अमोनिया आपूर्ति श्रृंखला विकास गर्ने आशा राखेको समयमा उनीहरूले स्थानीय रूपमा उत्पादन गर्ने पहिलो हाइड्रोजन ईन्धन सवारी साधनहरू भारतमा लन्च गर्ने घोषणा गरेका छन्।

हिन्दुस्तान न्युज हब र कन्टेन्ट मिडिया सोलुसनका अनुसार ट्राइटनले भारतीय सडकमा आफ्नो पहिलो हाइड्रोजन दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरू भारतबाट निर्यात गर्ने बताएको छ। ट्राइटनले आफ्नो उत्पादनको लन्च मिति भने खुलासा गरेन।

ट्राइटनले भारतमा आफ्नो उत्पादन कारखाना स्थापना गर्न गुजरातको भुजमा ६०० एकड जमिन छनोट गरेको छ, जसको आकार ३० लाख वर्ग फिट हुनेछ। यसबाहेक, ट्राइटनले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको विकासको लागि गुजरातको आनन्दमा आर एन्ड डी सेन्टर स्थापना गरेको छ।

अगस्ट २०२१ मा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय हाइड्रोजन मिशनको घोषणा गरेका थिए। फेब्रुअरी २०२२ मा, भारत सरकारले २०३० सम्ममा ५० लाख टन हरित हाइड्रोजन/अमोनियाको क्षमतामा पुग्ने लक्ष्य राख्दै हाइड्रोजन उद्योगको लागि नवीकरणीय ऊर्जाको लागत घटाउन हरित हाइड्रोजन/अमोनिया नीति घोषणा गर्यो।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

३५ थान आईफोन र मोटरसाइकलसहित एक जना पक्राउ

  • Technology Khabar
  • १० श्रावण २०७९, मंगलवार