
काठमाडौं ।
स्पेसएक्स रकेट दुर्घटनाग्रस्त भएको छ। कम्पनीको क्यालिफोर्निया स्थित हाथोर्न फ्याक्ट्रिमा जाने बाटोमा स्पेसएक्स रकेट दुर्घटनामा परेको गिजचाइनाले उल्लेख गरेको छ।
काम ग्राउन्ड क्लियरेन्स भएको पुल पार गर्ने क्रममा रकेटको ट्रेलर ठोकिएको हो।
स्पेसएक्सको रोडम्याप अनुसार कम्पनीले आफ्नो हाथोर्न प्लान्टमा इन्जिन र रकेटहरु बनाउने गरेको छ। त्यसपछि रकेटलाई म्याकग्रेगर, टेक्सासमा परीक्षणका लागि पठाइन्छ। परीक्षण चरण पुरा भएपछि रकेट आफ्नो मूल थलोमा फर्काइन्छ। यसको उद्देश्यक अनुसार विभिन्न क्षेत्रमा पनि पठाउने गरिन्छ।
फलकोन ९ रकेट म्याग्रेगरबाट हाथोर्न जाने बाटोको बीचमा दुर्घटना परेको हो। रकेट ट्रान्जिटको क्रममा टेक्सास राजमार्गको पुलमा ठोकिएको थियो।
नासाले ब्लग पोस्ट गरेर उक्त दुर्घटनाको पुष्टि गरेको छ। गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा क्रु-५ प्रक्षेपण मिशनको लागि प्रयोग भएको नासाको ब्लगबाट पुष्टि भएको छ।
नासाले क्षति ठूलो नभएको जानकारी दिएको छ।
प्रकाशित: ९ श्रावण २०७९, सोमबार