कोशी अस्पतालमा ल्याब रिपोर्टलाई अनलाइन प्रणालीमा लैजाने तयारी

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
कोशी अस्पतालमा ल्याब रिपोर्टलाई अनलाइन प्रणालीमा लैजाने तयारी

काठमाडौं ।

मोरङ्गको विराटनगरमा अवस्थित कोशी अस्पतालमा हुने भीडलाई व्यवस्थापन गर्न छिट्टै प्याथोलोजी ल्याबको रिपोर्ट अनलाइन प्रणालीमा लैजाने तयारी थालिएको छ।

साउन महिनाभित्रै अनलाइनबाट रिपोर्ट निकाल्न सकिने गरी काम अघि बढाएको अस्पतालले जनाएको छ। प्याथोलोजी रिपोर्टका लागि पनि बिरामीले निकै सास्ती बेहोर्नु परेको थियो भने साधारण जाँचको रिपोर्ट पनि २४ घण्टापछि मात्र पाउने अवस्था छ।

बिरामी दर्ता पनि अनलाइनमार्फत गर्ने विषयमा अस्पतालले प्राविधिक छलफल थालेको जनाएको छ।

रेडियोलोजी सेवा विस्तारमा भने स्थान अभाव हुँदा समस्या भएको अस्पतालले जनाएको छ।

अस्पतालका अधिकृत नवराज लुइटेलकाअनुसार अहिले अस्पतालसँग रेडियोलोजीमा छ ओटा मेसिन र सात जना डाक्टरहरू छन् तर मेसिन राख्ने ठाउँको अभावले गर्दा सेवालाई सहज बनाउन सकिरहेको छैन्।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार