मोटो एक्स३० प्रो २०० मेगापिक्सल क्यामरा र १२५ वटा फास्ट चार्जिङमा उपलब्ध हुने

  • Technology Khabar | ९ श्रावण २०७९, सोमबार

काठमाडौं ।

मोटोरोला मोटो एक्स३० प्रो फ्ल्यगशिप फोन अगष्ट ३ मा सार्वजनिक हुने भएको छ। मोटो एक्स३० प्रो कम्पनीको सबैभन्दा शक्तिशाली फ्ल्यागशिप फोन हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।

फोनमा स्न्यापड्रागन ८ प्लस जेनेरेसन १ चिपसहित २०० मेगापिक्सलको क्यामरा रहनेछ।

लेनोभो चीनका मोबाइल फोन डिभिजन जेनरल म्यानेजर चेन जिनले एक्स३०मा द्रुत चार्जिङ क्षमता रहेको जानकारी गराए।

गत वर्ष लेनोभोको स्वामित्वमा रहेको ब्राण्डले चीनमा स्न्यापड्रागन ८ जेन १ चिपको साथ मोटोरोला एज एक्स३० घोषणा गरेको थियो। फोनमा रहेको ५००० एमएएच ब्याट्रीले ६८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।

यो वर्षको शुरुवातमा जिनले १२५ वटा फास्ट चार्जिङको तस्बिर सेयर गरेका थिए। आइतबार हुने उक्त पोस्ट पुन विवोमा सेयर गरेका छन्। मोटो एक्स३० ले १२५ वटाको फास्ट चार्जिङ सपोर्ट गर्ने उनले पुष्टी गरेका छन्। एक्स३० प्रोको ४५०० एमएएच ब्याट्रीले वायरलेस चार्जिङ सपोर्ट गर्ने अपेक्षा गरिएको छ।

रिपोर्टका अनुसार मोटो एक्स३० प्रोमा ६.७३ इन्च पी-ओएलईडी डिस्प्ले सेन्टमा पन्च होल र घुमाउरो किनार हुनेछ। यसमा फूल एचडी प्लस रिजोल्युसन र १४४ गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। स्न्यापड्रागन ८ प्लस जी१ बाट सञ्चालित डिभाइसमा १२ जीबीसम्मको एलपीडीडीआर५र्याम र २५६ जीबी यूएफसी ३.१ स्टोरेज हुनेछ।

एक्स३० प्रोमा ६० मेगापिक्सलको सेल्फी क्यामरा र मुख्य क्यामरा २०० मेगापिक्सलको हुनेछ। साथै ५० मेगापिक्सल अल्ट्रा वाइड रेन्स र १२ मेगापिक्सल टेलिफोटो स्न्यापर रहेको छ।

एक्स३० प्रोमा एन्ड्रोइड १२ ओएस र एमआवईयूआई ४.० प्रिलोडेड हुनेछ। सुरक्षाका लागि फोनमा अन्डर डिस्प्ले फिङगरप्रिन्ट स्क्यानर हुनेछ।

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया