
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो उपलब्धिलाई विभिन्न तरिकाले देखाउँछ। उनीहरुमा भिडियोको शैली फरक छ। क्यानडाको अन्तरिक्ष एजेन्सीको यस्तै एउटा भिडियोले मर्दै गरेको तारा कति टाढा छ भनेर जुम गरेर देखाएको छ।
यस ताराको तस्बिर भर्खरै सार्वजनिक गरिएको थियो, जुन अन्तरिक्षमा राखिएको विश्वको सबैभन्दा ठूलो टेलिस्कोप जेम्स वेब टेलिस्कोपले खिचेको थियो।
यो भिडियो जेम्स वेब टेलिस्कोपद्वारा क्याप्चर गरिएको एक मर्दै गरेको तारामा जुम गरिएको छ। जेम्स वेब टेलिस्कोपले कसरी दक्षिणी रिंग नेबुलामा अवस्थित ग्रहीय नेबुला ‘एनजीसी३१३२(NGC 3132)’ को एक चम्किलो र अभूतपूर्व तस्बिर खिच्यो भनेर भिडियोले देखाउँछ। यो पृथ्वीबाट २,००० प्रकाश वर्षभन्दा बढी टाढा छ।
क्यानाडाको अन्तरिक्ष एजेन्सीले ट्विटरमा पोस्ट गरेको भिडियोले जेम्स वेब टेलिस्कोपले आफ्नो लक्ष्यमा कसरी ध्यान केन्द्रित गर्यो भनेर वर्णन गरेको छ। यो टेलिस्कोपसँग सम्बन्धित परियोजनामा नासासँगै क्यानडाको अन्तरिक्ष एजेन्सी पनि संलग्न रहेको छ।
नासा, इएसए, सीएसएलगायतका उत्पादन टोलीलाई श्रेय दिँदै, भिडियोले पृथ्वीबाट २ हजार प्रकाश-वर्ष टाढा दक्षिणी रिंग नेबुलाको तस्बिर प्रकट गर्न अन्तरिक्षमा जुम गर्छ। क्यानडाको फाइन गाइडेन्स सेन्सरको सहयोगमा टेलिस्कोपले आफ्नो लक्ष्यमा केन्द्रित भएको बताइएको छ।
WOW! ???? This video zooms through space to reveal @nasawebb’s image of the Southern Ring Nebula, 2000 light-years from Earth. Canada’s Fine Guidance Sensor allowed the telescope to point at and focus on its target.
Credit: NASA, ESA, CSA, STScI, and the Webb ERO Production Team pic.twitter.com/my5vbAjD80
— Canadian Space Agency (@csa_asc) July 21, 2022
यो तस्विरलाई अन्य तस्विरहरुसँगै गत हप्ता सार्वजनिक भएको थियो । नासाले यो तस्बिरबाट ताराको मृत्यु हुँदा त्यसको वरपरको परिदृश्य कस्तो हुन्छ भन्ने कुरा बताउन खोजेको छ।
एक प्रकाश वर्षमा ५.८ ट्रिलियन माइल हुन्छ र यो पृथ्वीबाट २ हजार प्रकाश वर्ष टाढा छ। जेम्स वेबको टोलीमा संलग्न वैज्ञानिकले एउटा ताराको मृत्यु भए पनि धेरै नयाँ ताराहरूको सुरुवात भएको बताएका थिए।
यो तस्बिर जेम्स वेब टेलिस्कोपको नियर-इन्फ्रारेड क्यामरा (NIRCam) द्वारा खिचिएको हो। जेम्स वेब टेलिस्कोप एयरोस्पेस विशाल नर्थरोप ग्रुम्यान कर्प द्वारा निर्माण गरिएको थियो र डिसेम्बर २०२१ मा फ्रेन्च गुयानाबाट नासा र यसका युरोपेली र क्यानाडेली साझेदारहरूको साथमा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।
गत हप्ता, नासाले यसद्वारा खिचिएका तस्बिरहरूको शृङ्खला जारी गरेको थियो। जेम्स वेब अहिलेसम्म निर्मित सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोप हो। यसले अन्तरिक्षमा खोजको नयाँ युग सुरु गर्नेमा खगोलविद्हरू विश्वस्त छन्।
प्रकाशित: ७ श्रावण २०७९, शनिबार