
काठमाडौं ।
हुन्डाई आयोनिक ६ ईभी सार्वजनिक भएको छ। दक्षिण कोरियाको सवारी उत्पादक हुन्डाईले इलेक्ट्रिक सेडान आयोनिक ६ सार्वजनिक गरेको छ।
कम्पनीले सेडान ईभीको सेग्मेन्टमा आफ्नो उपस्थिति दह्रो बनाउन आयोनिक ६ सार्वजनिक गरेको हो। सेडान ईभीको सेग्मेन्टमा टेस्लाको दबदबा रहेको छ।
आयोनिक ६ मा रहेको ७७.४ किलोवाट लिथियम आयन ब्याट्रीले ६१० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ। हुन्डाई आयोनिक ५ को रेञ्ज ४२९ किलोमिटर रहेको छ।
आयोनिक ६ सिंगल मोटर रियर ह्वील ड्राइभ र डुअल मोटर फोर ह्वील ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुनेछ।
आयोनिक ६ सबैभन्दा शक्तिशाली मोडलले ३०० हर्सपवार जेनेरट गर्न र करिब १४ किलोवाट आवर प्रतिशत १०० किलोमिटर ऊर्जा खपत गर्छ।
यसको उत्पादन सन् २०२२ को तेस्रो क्वाटरबाट शुरु हुनेछ। सन् २०२३ को शुरुवातमा बिक्रीका लागि उपलब्ध हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।
हुन्डाईले इलेक्ट्रिफिकेसनका लागि यो दशकमा ७३ बिलियन अमेरिकी डलर लगानी गर्दैछ।
सन् २०३० सम्म १७ वटा नयाँ इलेक्ट्रिक कार सार्वजनिक गर्ने योजना बनाएको छ। कम्पनीले वार्षिक १८ लाख भन्दा धेरै इलेक्ट्रिक कार वार्षिक रुपमा बिक्री गर्ने लक्ष्य राखेको छ।
प्रकाशित: ३० असार २०७९, बिहीबार