इटलीको प्रतिस्पर्धाविरोधी नियामकद्वारा गुगलमाथि छानबिन

  • Technology Khabar | ३० असार २०७९, बिहीबार
इटलीको प्रतिस्पर्धाविरोधी नियामकद्वारा गुगलमाथि छानबिन

काठमाडौं ।

इटलीको प्रतिस्पर्धाविरोधी निकायले गुगलमाथि छानबिन गरेको छ।

एजीसीएम नामक उक्त निकायले बिहीबार ‘डाटा पोर्टेबिलिटी’ मा आफ्नो बजार वर्चश्वको दुरुपयोग गरेको आरोपमा छानबिन गरेको हो।

उक्त निकायले विज्ञप्तिमा गुगलले इटलीको अपरेटर होडाले सञ्चालन गरेको विओपल जस्ता अन्य प्लेटफर्मसँगको इन्टरअपरेबिलिटी अर्थात् ‘अन्तर-सञ्चालन’ को सुविधालाई नकारेको आरोक उक्त संस्थाले लगाएको छ।

‘गुगलको यो व्यवहारले व्यक्तिगत डाटा पोर्टेबिलिटीको अधिकारलाई खुम्च्याएको छ र यसले आफ्ना डाटाबाट लिन सक्ने आर्थिक फाइदा यूजरलाई वञ्चित गराउने देखिएको छ’, उक्त नियामकले भनेको छ।

विज्ञप्तिमा नियामकले गत बुधबार गुगलको प्राङ्गणमा इटलीको वित्तीय निरीक्षण प्रहरीको रोहवरमा निरीक्षण गरेको उल्लेख छ। गुगलले भने यस सम्बन्धमा तत्काल कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ।

प्रकाशित: ३० असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...