जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर यस्तो छ

  • Technology Khabar | २८ असार २०७९, मंगलवार
जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर यस्तो छ
नासाको जेम्स वेब टेलिस्कोपले खिचेको पहिलो डीप फिल्डको तस्बिर।

काठमाडौं ।

नासा र अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार नयाँ अन्तरिक्ष टेलिस्कोपबाट खिचिएको पहिलो रंगीन तस्बिर साझा गरेका छन्। १४ वर्षको विकास र ६ महिनाको क्यालिब्रेसन पछि, जेम्स वेब स्पेस टेलिस्कोपले अन्ततः हाम्रो ब्रह्माण्डको गहिराइ जाँच गर्न आफ्नो मिशनअन्तरगत पहिलो तस्बिर खिचेको हो। यस तस्बिरले ब्रह्माण्डको प्रारम्भिक दिनहरूको एक नजर देखाउँछ।

नासाका अनुसार, “वेबको फर्स्ट डीप फिल्ड” ले टाढाको ब्रह्माण्डको सबैभन्दा तीव्र र “गहिरो” तस्बिरलाई प्रतिनिधित्व गर्दछ। तस्बिरमा तपाईंले के देख्नु भएको एसएमएसीएस ०७२३ को रूपमा चिनिने आकाशगंगाहरूको समूहको स्न्यापसट हो जुन तिनीहरू ४.६ अर्ब वर्ष पहिले देखा परेका थिए।

पृष्ठभूमिमा देखिने धेरै टाढाको आकाशीय पिण्डहरूलाई म्याग्निफाइ गर्दै चित्रित सबै आकाशगंगाहरूको संयुक्त पिण्डले गुरुत्वाकर्षण लेन्सको रूपमा कार्य गर्दछ। केही आकाशगंगाहरूमा पहिले कहिल्यै नदेखेका विशेषताहरू छन् जुन खगोलविद्हरूले चाँडै हाम्रो ब्रह्माण्डको इतिहासको बारेमा थप जान्न अध्ययन गर्नेछन्।

नासाले उल्लेख गरेअनुसार वेबको पहिलो डीप फिल्डले ब्रह्माण्डमा हाम्रो प्रारम्भिक रूपलाई प्रतिनिधित्व गर्दैन। कस्मिक ब्याकग्राउन्ड एक्सप्लोरर (कोब) जस्ता माइक्रोवेभ टेलिस्कोपले यसअघि बिग ब्याङ्गको नजिकको स्न्यापशटहरू खिच्यो तर वेबद्वारा खिचेको जस्तो तारा र आकाशगंगाहरूको दृश्य प्रस्तुत गरेन।

“राष्ट्रपति, यदि तपाईंले हातको लम्बाइको आधारमा आफ्नो औंलाको टुप्पोमा बालुवाको दाना राख्नुभयो भने, त्यो ब्रह्माण्डको भाग हो जुन तपाईंले देख्दै हुनुहुन्छ, ”नासाका प्रशासक बिल नेल्सनले सोमबारको ब्रिफिङमा राष्ट्रपति बाइडेनलाई भने, “ब्रह्माण्डको एउटा सानो टुक्रा मात्र।”

नासाले यो तस्बिर खिच्नका लागि निकै लामो समय लागेको छ। यसअघि जेम्स वेबलाई २००७ मा लन्च गर्ने गरी प्रक्षेपण गरिने योजना थियो तर सफल हुन सकेन्। १० अर्ब डलर लगानी भएको नासाले यसलाई २०२१ मा लन्च गरेको थियो। यो नयाँ टेलिस्कोपको नाम नासाका पूर्व प्रशारक जेम्स वेबको नाममा राखिएको हो।

नासाले आगामी सातामा जेम्स वेब टेलिस्कोपले खिचेका तस्बिरहरु क्रमशः प्रकाशित गर्ने बताएको छ।

प्रकाशित: २८ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार