ईभी सेगमेन्टमा फर्कियो महिन्द्रा ! इलेक्ट्रिक एक्सयूभी४०० सेप्टेम्बरमा लन्च हुने

  • Technology Khabar | २६ असार २०७९, आईतवार
ईभी सेगमेन्टमा फर्कियो महिन्द्रा ! इलेक्ट्रिक एक्सयूभी४०० सेप्टेम्बरमा लन्च हुने

काठमाडौं ।

पछिल्लो दिनमा विद्युतीय सवारीसाधनहरूमा लगानी गर्ने लहर नै चलेको छ र तिनीहरूको बजार धेरै छिटो बढिरहेको छ। यसैलाई ध्यानमा दिएर भारतीय कम्पनी महिन्द्राले पनि नयाँ इलेक्ट्रिक भेहिकल लन्च गर्न लागेको छ।

भारतमा टाटा मोटर्स अहिले इलेक्ट्रिक चार पाङ्ग्रे सवारी साधनमा अग्रस्थानमा छ। तर एक समय थियो जतिबेला महिन्द्रा पहिलो पटक यो श्रेणीमा प्रवेश गरेको थियो। कम्पनीले दुई ओटा विद्युतीय कार पनि ल्याएको थियो तर राम्रो प्रतिक्रिया नआएपछि बन्द गरिएको थियो । यद्यपि, महिन्द्रा फेरि यस क्षेत्रमा प्रवेश गर्न तयार छ र यस वर्ष सेप्टेम्बरमा नयाँ इलेक्ट्रिक चार पाङ्ग्रे गाडी लन्च गर्न सक्छ।

मिडिया रिपोर्टहरुकाअनुसार कम्पनीले शुक्रबार ईएक्सयूभी४०० मार्फत विद्युतीय क्षेत्रमा प्रवेश गर्ने आफ्नो योजनाको विस्तृत विवरण दिएको छ। यो गाडी सेप्टेम्बर २०२२ मा लन्च हुने अपेक्षा गरिएको छ। कार निर्माताले विद्युतीय सवारीमा आफूलाई बलियो बनाउन १ अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।

महिन्द्राले आफ्नो नयाँ ईभी सहायक कम्पनी स्थापना गर्ने घोषणा यसअघि नै गरिसकेको छ। कम्पनीले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) बाट पनि १,९२५ करोड भारु लगानी प्राप्त गरेको छ। दुवै कम्पनीले यस क्षेत्रमा आफूलाई बलियो बनाउन मिलेर काम गर्नेछन्।

कम्पनीले अगस्ट १५ मा बेलायतमा आफ्ना ३ ओटा इलेक्ट्रिक कारको कन्सेप्ट मोडल ल्याउने जनाएको छ। योसँगै महिन्द्रा ईएक्सयूभी४०० (eXUV400) भारतीय बजारमा सेप्टेम्बरमा लन्च गर्ने तयारी गरिएको मिडियाहरुले उल्लेख गरेका छन्।

यसअघि महिन्द्राले विद्युतीय एसयूभीको क्याबिनको भित्री भाग ‘टिज’ गरेको थियो। तर त्यो कुन मोडलसँग जोडिएको छ भन्ने खुलेको छैन । कम्पनीले तीनओटै महिन्द्रा ईएसयूभीहरूको लागि समान डिजाइन छनौट गर्न सक्ने यो विश्वास गरिएको छ।

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...