नासाले सेयर गर्यो जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्बिर, मूल तस्बिर आउनै बाँकी

  • Technology Khabar | २६ असार २०७९, आईतवार
नासाले सेयर गर्यो जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्बिर, मूल तस्बिर आउनै बाँकी

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गत वर्ष डिसेम्बरमा अन्तरिक्षमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेलिस्कोप प्रक्षेपण गरेको थियो । यसको नाम जेम्स वेब स्पेस टेलिस्कोप हो, जसको निर्माणमा १० बिलियन डलर खर्च भएको थियो। यो टेलिस्कोपले आफूलाई अन्तरिक्षमा स्थापित गरिरहेको थियो। अहिले यो काम सम्पन्न भएको छ।

यसअघि नै नासाले यहि जुलाई १२ मा जेम्स वेब टेलिस्कोपबाट लिइएको पहिलो पूर्ण रूपमा तयार तस्बिर सार्वजनिक गर्ने जानकारी दिएको थियो।

त्यसअघि नै नासाले इन्जिनियरिङ परीक्षणको फोटो सेयर गरेको छ। ३२ घण्टामा ७२ एक्सपोजरको यो नतिजाले टाढाका ताराहरू र आकाश गंगाहरूको सेट देखाउँछ।

तस्विरमार्फत नासाले आगामी दिनमा गहिरो अन्तरिक्षका कति महान् तस्विरहरु सार्वजनिक हुन लागेको भनेर बताउन खोजेको छ । हालको तस्बिरको गुणस्तर सामान्य भनिएको छ, यद्यपि यो ‘ब्रह्माण्डको सबैभन्दा गहिरो तस्बिरजहरू मध्ये एक हो।’

यो तस्बिर वेब टेलिस्कोपको फाइन गाइडेन्स सेन्सर (एफजीएस) द्वारा खिचिएको हो। नासाले सार्वजनिक गरेको यो परीक्षण तस्बिरका केही विशेषताहरू छन्, जुन पूर्ण-रिजोल्युसन तस्बिरहरू भन्दा फरक छन्, ती तस्बिरहरू अर्को हप्ता सार्वजनिक हुनेछन्।

हनीवेल एयरोस्पेसमा वेब टेलिस्कोपको फाइन गाईडेन्स सेन्सरका कार्यक्रम वैज्ञानिक नील रोल्याण्ड्सकाअनुसार जब यो तस्बिर लिइयो, त्यसबेला ती आकाशगंगाहरूको विस्तृत संरचना स्पष्ट रूपमा देख्न पाउँदा उनी रोमाञ्चित भएका थिए।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा रहेको वेब टेलिस्कोपका अपरेशन साइन्टिस्ट जेन रिग्बीले यस टेलिस्कोपले आगामी दिनमा यस तस्वीरमा देखिने आकाशगंगाहरूको अध्ययन गर्ने बताएकी छन्। नासाका प्रशासक बिल नेल्सनले गत हप्ता भनेका वेब टेलिस्कोपमा कुनै पनि टेलिस्कोपको तुलनामा ब्रह्माण्डको सबैभन्दा टाढाको भाग हेर्न सक्ने क्षमता भएको बताएका थिए।

यसले हाम्रो सौर्यमण्डलका ती एक्सोप्लानेट्सको वायुमण्डल पनि पत्ता लगाउने बताईएको थियो, जसको वायुमण्डल हाम्रो जस्तै अनुमानित छ। हाम्रो सूर्य बाहेक अन्य ताराको परिक्रमा गर्ने ग्रहहरूलाई एक्सोप्लानेट्स भनिन्छ। केही एक्सोप्लानेटहरूमा पृथ्वी जस्तै वातावरण र जीवनको सम्भावना रहेको विश्वास गरिन्छ।

जेम्स वेब स्पेस टेलिस्कोपको यो परियोजना नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र क्यानेडियन स्पेस एजेन्सीले संयुक्त रूपमा सुरु गरेको हो। यो टेलिस्कोप २५ डिसेम्बरमा एरियन–५ रकेटबाट प्रक्षेपण गरिएको थियो । अन्तरिक्षमा छोडेपछि यो टेलिस्कोप बिस्तारै खुल्न थाल्यो । परीक्षणका क्रममा पनि यसले केही तस्विर लिएर पृथ्वीमा पठाएको थियो । ती तस्बिरहरु पनि नासाद्वारा साझा गरिएको थियो।

प्रकाशित: २६ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...