
काठमाडौं ।
सन् २०३५ सम्ममा जैविक इन्धनबाट सञ्चालन हुने सवारी साधनमाथि प्रतिबन्ध गर्ने यूरोपियन कमिसन (ईसी)को निर्णयमा पोल्याण्डले आपत्ति जनाएको छ।
पोल्याण्डकी मौसम तथा वातावरण मन्त्री अन्ना मोस्कवाले सवारी निर्माता र नागरिक उक्त परिवर्तनका लागि तयार नभएको बताएकी छिन्।
उनले विद्युतीय सवारी साधन चार्ज गर्न लामो समय लाग्ने भएकाले यो व्यावहारिक नभएको बताएकी हुन्।
‘हामी यसका लागि तयार छैनौं। कोही पनि तयार छैन। बजार पनि सन् २०३५ सम्म जैविक इन्धनबाट सञ्चालन हुने सवारीमाथिको प्रतिबन्ध स्वीकार गर्ने अवस्थामा छैन,’ वातावरण मन्त्रीले बताएको टीभीपीवर्ल्डले उल्लेख गरेको छ।
विद्युतीय सवारी साधन प्रयोगमा ल्याउनका लागि आवश्यक पूर्वाधार र सवारीको मूल्य उपभोक्तामैत्री हुनु पर्ने उनको भनाइ छ।
गत जुन ८ मा यूरोपको ससंदले सन् २०३५ पछि ईयू राष्ट्रहरुमा जैविक इन्धनबाट सञ्चालन हुने सवारी साधन बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
प्रकाशित: १५ असार २०७९, बुधबार