नेपाल टेलिकमको लिज लाइनको नयाँ महशुल दर कायम, ३६ प्रतिशतसम्म घट्यो मूल्य

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
नेपाल टेलिकमको लिज लाइनको नयाँ महशुल दर कायम, ३६ प्रतिशतसम्म घट्यो मूल्य
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको सेवा शुल्क ३६ प्रतिशतसम्म घटाएको छ। कम्पनीले पुरानो शुल्कको तुलनामा निकै सस्तो दरमा नयाँ सेवा शुल्क सार्वजनिक गरेको छ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको जानकारी दिएको छ। असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५००।- रहेकोमा अब रु. १,६००।- मात्र हुनेछ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३००।- बाट घटाएर रु. १,६००।- नै कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु. २,१००।- र रु. १,९००।- रहेकोमा अब दुवैको महशुल दर रु. १,५००।- कायम गरिएको उल्लेख छ।

टेलिकमकाअनुसार इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००।- रहेकोमा अब रु. २,४००।-, ११ देखि १०० एमबीपीएसको रु. २,४००।- रहेकोमा अब रु. २,१००।- र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००।- रहेकोमा अब रु. १,८००।- कायम गरिएको छ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको छ।

  1. Internet Lease Line Tariff
Existing Tariffs per Month per Mbps(NRs) New Tariffs per Mbps (NRs)
Bandwidth per Month Monthly
1-20 Mbps 2500 1600
21-50 Mbps 2300 1600
51-100 Mbps 2100 1500
>100 Mbps 1900 1500
  1. Intranet Lease Line Tariff
Bandwidth Existing Tariffs per Mbps (NRs) per month New Tariffs per Mbps(NRs) per month
1-10 Mbps 2700 2400
11-100Mbps 2400 2100
>100Mbps 2100 1800

 

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...