
काठमाडौं ।
भारतीय कार निर्माता टाटा मोटर्सले हालै विद्युतीय सवारीमा आगलागी भएको घटनाको छानबिन गर्ने भएको छ।
रोयटर्सका अनुसार ‘आइसोलेटेड थर्मल इन्सिडेन्ट’ नाम दिइएको उक्त आगलागी हालै सामाजिक सञ्जालमा एउटा भिडियोमार्फत् सार्वजनिक भएको थियो जसमा टाटाको इलेक्ट्रिक कारमा आगलागी भइरहेको देख्न सकिन्छ।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा अग्नि नियन्त्रकहरु भारतको मुम्बई शहरमा टाटाको नेक्सन ईभीमा लागेको आगो निभाउने प्रयास गरिरहेका देखिन्छन्।
‘सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको हालै भएको आइसोलेटेड थर्मल इन्सिडेन्डका बारेमा सत्यतथ्य पत्ता लगाउन विस्तृत छानबिन हुँदैछ। छानबिन पूरा भएपछि हामी यसका बारेमा विस्तृत जानकारी सार्वजनिक गर्नेछौं’, टाटा मोटर्सले विज्ञप्तिमा भनेको छ।
प्रकाशित: ९ असार २०७९, बिहीबार