ह्वावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम हुँदै

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार
ह्वावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम हुँदै

काठमाडौं ।

साइबर सेक्युरिटी रिसर्च संस्था “सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई)” ले नेपालको साइबर सुरक्षा र साइबर नीति विषयक छलफल गर्ने भएको छ।

साे संस्थाले यसको लागि ह्वावे नेपालसँग सहकार्य गरेको घोषणा गरेको छ। संस्थाका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य र ह्वावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्विसेस इन्डस्ट्रि एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची बिच असार २ गते बिहीबार सहकार्य गर्ने सम्झौता भएको छ।

मल्टि स्टेकहोल्डर डिस्कसन अन साइबर सेक्यूरिटी पोलिसी एण्ड प्रोसेसेज नामक सो कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहआयोजक हुने भएको छ।

सम्झौता पत्र आदान प्रदान कार्यक्रममा सिएसआरआईका उपाध्यक्ष मिलन राज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) का अध्यक्ष चिरञ्जिवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारी समेत सहभागी रहेका थिए।

त्यसैगरी ह्वावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्विसेस इन्डस्ट्रि एक्स्पर्ट ची र ह्वावे नेपालका प्रतिनिधी सुप्रलराज जोशीसँग आगामी साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमको बारेमा सहकार्य गर्ने छलफल भएको बताईएको छ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार