
काठमाडौं ।
साइबर सेक्यूरिटी कम्पनी म्याकफीले जेनिफर बिरीलाई ईभीपी र सीएफओको रूपमा स्वागत गरेको छ।
उनको नियुक्ति कम्पनीमा यहि जून २० देखि लागू हुनेछ। बिरी भेन्कट भामिदिपतिको उत्तराधिकारी हुनेछन् र सिधै म्याकफीका सीईओ ग्रेग जोन्सनलाई रिपोर्ट गर्नेछिन्।
बिरी वार्नरमेडियाबाट म्याक्याफेमा सामेल हुन्छिन, जहाँ उनले ईभीपी र सीओफओको रूपमा सेवा गरिसकेकी छिन्।
वार्नरमेडियामा, बिरीले सबै वित्तीय कार्यहरू, खरीद, घर जग्गा मामिलाहरू र विश्वव्यापी कर्पोरेट रणनीतिको नेतृत्व गरिन् । जसमा वार्षिक लगानीमा लगभग २० अर्ब डलर लगानी रहेको छ।
प्रकाशित: ३ असार २०७९, शुक्रबार