
काठमाडौं ।
हुन्डाईले भारतीय बजारका लागि सानो इलेक्ट्रिक कार उत्पादन गर्ने भएको छ। यसका लागि हुन्डाईले तयारी शुरु गरेको ड्राइभस्पार्कमा उल्लेख छ।
सानो इलेक्ट्रिक कार सार्वजनिक गर्नु पूर्व कम्पनीले आवश्यक पूर्व तयार गर्नेछ। जसमा उत्पादन तथा बिक्री र चार्जिङ पूर्वाधार रहेको छ। यसका साथै कम्पनीले लोकलाइजेसनलाई पनि जोड दिनेछ।
हाल हुन्डाईले भारतीय बजारमा कोना इभी लगायत प्रिमियम इलेक्ट्रिक कार बिक्री गर्दै आइरहेको छ। कम्पनी आफ्नो प्रिमियम इलेक्ट्रिक कारको उत्पादनलाई बढवा दिँदै साथै भविष्यमा ल्याइने सानो इलेक्ट्रिक कारमा काम गरिरहेको छ।
सानो इलेक्ट्रिक कार उत्पादन गर्न हुन्डाईले ५१२ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। उक्त योजना अनुसार कम्पनीले सन् २०२८ सम्म भारतमा ६ ओटा नयाँ इलेक्ट्रिक कार सार्वजनिक गर्नेछ।
भारतको प्रदुषित शहरमा स्वच्छ सवारी साधनको प्रयोग बढाउन कम्पनीले सानो इभीमा जोड दिइरहेको छ।
हाल भारतमा सञ्चालनमा रहेका कारहरु मध्ये इभीको हिस्सा १ प्रतिशत भन्दा कम छ।
भारत सरकारले प्रदुषण घटाउन र तेलको आयात कम गर्न सन् २०३० सम्म इलेक्ट्रिक कारको बजार हिस्सा ३० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ।
भारतमा सानो इभी ल्याउनु अघि हुन्डाईले प्रिमियम इलेक्ट्रिक कार आयोजिनक ५ सार्वजनिक गर्ने योजना बनाएको छ।
४८० किलोमिटर रेञ्ज रहेको आयोजिनक ५ को मूल्य अमेरिकामा ४४ हजार डलर तोकिएको छ।
हुन्डाईले सन् २०१९ मा भारतीय बजारमा कोना इभी सार्वजनिक गरेको थियो। कोना सार्वजनिक गर्नु पछाडिको कम्पनीको मुख्य योजना भनेको बजार परीक्षण रहेको थियो। उच्च मूल्य र सार्वजनिक चार्जिङ पूर्वाधारको अभावमा यसको बिक्री मन्द छ।
कोनाबाट आर्जित शिक्षालाई कम्पनीले भविष्यमा ल्याउने इलेक्ट्रिक कारको बिक्री बढाउन प्रयोग गर्नेछ।
प्रकाशित: ३ असार २०७९, शुक्रबार