सोलारबाट चल्ने कार ‘लाइटइयर जिरो’ सार्वजनिक

  • Technology Khabar | २९ जेष्ठ २०७९, आईतवार
सोलारबाट चल्ने कार ‘लाइटइयर जिरो’ सार्वजनिक

काठमाडौं ।

इभी स्टार्टअप कम्पनीले लाइटएयरले आफ्नो पहिलो सोलार पावर इलेक्ट्रिक भेहिकल ‘लाइटएयर जिरो’ सार्वजनिक गरेको छ। कम्पनीले लाइटएयर जिरो गत हप्ता नेदरल्यान्डसमा सार्वजनिक गरेको हो।

कम्पनीले सन् २०१८ मा लाइटएयर जिरोको प्रोटोटाइप सार्वजनिक गरेको थियो। प्रोटोटाइप र उत्पादनको डिजाइनमा धेरै भिन्नता नरहेको इग्याजेटले उल्लेख गरेको छ।

यो कार सोलार र इलेक्ट्रिक हाइब्रिड हो। कारमा ६० किलोवाट आवरको ब्याट्री प्याक छ। जुन सोलार र विद्यूतबाट चार्ज हुन्छ। सोलार प्यानल रुफ, हुड र ह्याचमा दिइएको छ। लाइटएयर जिरो का सोलार प्यान घामको सम्पर्कमा आउने वित्तिकै स्वचालित रुपमा चार्ज हुन्छ। गाडी पाकिङ वा ड्राइभिङ दुवै अवस्थामा चार्ज हुन्छ।

गाडीलाई सोलार पावरबाट धेरै शक्ति मिल्दैन। सोलार प्यानबाट कारले ७० किलोमिटर रेन्ज प्रदान गर्छ। इभी रेञ्ज भने ६२० किलोमिटर छ। यदि लामो दुरीको यात्रा गर्नु छ भने ब्याट्रीलाई इभी मोडलमा राख्नु पर्ने हुन्छ।

गर्मी याममा बिना चार्ज ३५ किलोमिटरसम्मको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।

लाइटएयरको मूल्य २ लाख ६३ हजार २६२ अमेरिकी डलर तोकिएको छ।

प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • २९ जेष्ठ २०७९, आईतवार