मे महिनामा अमेरिकी प्रविधि क्षेत्रमा डिसेम्बर २०२० यताकै सबैभन्दा बढी रोजगारी कटौती

  • Technology Khabar | २० जेष्ठ २०७९, शुक्रबार
मे महिनामा अमेरिकी प्रविधि क्षेत्रमा डिसेम्बर २०२० यताकै सबैभन्दा बढी रोजगारी कटौती

काठमाडौं ।

अमेरिकाको प्रविधि क्षेत्रमा यो वर्षको मे महिनामा सन् २०२० को डिसेम्बर यताकै सबैभन्दा बढी रोजगारी कटौती भएको छ।

ग्लोबल आउटप्लेसमेन्ट संस्था च्यालेञ्जर, ग्रे एन्ड क्रिशमसले विश्वको रोजगारी कटौती अप्रिलबाट मे मा पुग्दा १४.७ प्रतिशत बढेको जनाएको थियो।

श्रम बजारमा माग बढ्न थालेपछि जनवरीदेखि अप्रिलका बिचमा प्रविधि क्षेत्रमा ४५९ बाट बढेर ४ हजार ४४ रोजगारी कटौती भएका थिए।

यो डिसेम्बर २०२० यताको प्रविधि क्षेत्रमा सबैभन्दा बढी रोजगारी कटौती भएको रोयटर्सले जनाएको छ। डिसेम्बर २०२० मा भने ५ हजार २५३ रोजगारी कटौती भएका थिए।

‘२०२० मा राम्रो व्यापार गरेका घरजग्गा, वित्त तथा डेलिभरीलगायतका थुप्रै प्रविधि स्टार्टअपका प्रयोगकर्ता घट्न थालेका छन् भने मुद्रास्फीति तथा ब्याजदरको चिन्ताका कारण पनि खर्च बचाउनका लागि कर्मचारी कटौती गर्नुपरेको हो’, च्यालेञ्जर, ग्रे एन्ड क्रिशमसका वरिष्ठ उपाध्यक्ष एन्ड्र्यू च्यालेञ्जरले भने।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार