काठमाडौं ।
एलजीले आधिकारिक रूपमा गत वर्ष स्मार्टफोन व्यवसायलाई बन्द गरिसकेको छ। कम्पनी अझै पनि इलेक्ट्रोनिक आपूर्ति उद्योगमा लोकप्रिय छ। विशेषगरी एलईडी डिस्प्लेको व्यवसायमा एलजी निकै भरपर्दो छ। यस वर्ष, एसआईडी २०२२ डिस्प्ले विकमा, एलजीले ३६० डिग्री फोल्डेबल ओएलईडी डिस्प्ले प्रदर्शन गरेको छ।
यस कार्यक्रममा एलजी डिस्प्लेले ८.०३ इन्च फोल्डेबल ओएलईडी टचस्क्रिन डिस्प्ले अनावरण गरेको छ। यद्यपि, एलजीको यो डिस्प्लेको सबैभन्दा विशेषता भनेको यो भित्र र बाहिर दुबैतर्फ फोल्ड हुन्छ। अर्थात् यो डिस्प्लेलाई ० देखि ३६० डिग्रीसम्म फोल्ड गर्न सकिन्छ ।
एलजी ३६० डिग्री फोल्डेबल डिस्प्ले
ड्यूराबिलिटीको कुरा गर्दा, एलजीले यो फोल्डेबल ओएलईडी डिस्प्लेमा यूटीजी (अल्ट्रा थिन ग्लास) प्रविधि प्रयोग गरेको छ। यससँगै डिस्प्लेको बाहिरी स्क्रिनमा एन्टी फिंगरप्रिन्ट सामग्री राखिएको छ। एलजीले ३६० फोल्डेबल ओएलईडी डिस्प्ले सामान्य प्रयोगमा २,००,००० फोल्डका लागि डिजाइन गरिएको दाबी गरेको छ। यस डिस्प्लेको रिजोल्युसन २४८० x २२०० पिक्सेल छ।
एलजीको फोल्डेबल डिस्प्लेमा ४१३ पीपीआईको पिक्सेल घनत्व, डीसीआई-पी३ कलर गामटको १०९.९ प्रतिशत कभरेज र ४३० निट्सदेखि ६०० निट्स सम्मको ब्राइटनेस छ।
हाल, यो डिस्प्लेको व्यावहारिक प्रयोगको बारेमा केहि पनि खुलासा गरिएको छैन।
एसआईडी २०२२ डिस्प्ले विकमा एलजीको स्टलमा यो डिस्प्ले देखेपछि, भविष्यमा कस्तो प्रकारको डिस्प्ले स्मार्टफोनहरू पाउनेछौं भन्ने अनुमान गर्न सकिन्छ।
योसँगै कम्पनीले कार्यक्रममा अर्को १७ इन्चको फोल्डेबल ओएलईडी प्यानल पनि ल्याएको छ। तर यो ३६० डिग्रीमा फोल्ड गर्दैन, बरु यो १८० डिग्री भित्र फोल्ड हुन्छ। यो डिस्प्ले ल्यापटप जस्तै फोल्ड हुन्छ। यस प्रकारको फोल्डेबल डिस्प्ले लेनोभोमा पहिले नै देखेका छौं। यद्यपि, एलजीको प्रोटोटाइप अझै धेरै सुधार आवश्यक छ।
प्रकाशित: २ जेष्ठ २०७९, सोमबार