टोल फ्रि नम्बरबाट बजेटबारे उत्साहजनक सुझाव संकलन, यस्ता छन् सूचना प्रविधि बारेका सुझाब

  • Technology Khabar | २ जेष्ठ २०७९, सोमबार
टोल फ्रि नम्बरबाट बजेटबारे उत्साहजनक सुझाव संकलन, यस्ता छन् सूचना प्रविधि बारेका सुझाब

काठमाडौं ।

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणमा सघाउ पुग्ने उदेश्यले संचालन गरेको टोल फ्रि नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएका छन् ।

देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालय अहिले यी सुझावहरुको अध्ययन गरेर आगामी आबको बजेटमा समावेश गर्न खोजिरहेको छ।

अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उदेश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए।

अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ।

यहाँ सूचना प्रविधि सम्बन्धित पनि केहि सुझाबहरु आएको देखिन्छ जसलाई यहाँ जस्ताको त्यस्तै उल्लेख गरिएको छ।

आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणका सन्दर्भमा टोल फ्रि नम्बर ११३८ बाट प्राप्त सुझावहरु:

कुलेश्वर, काठमाण्डौबाट आएको सुझाव

  • फेसबुक, टिकटक,युटुभ जस्ता माध्यमबाट आय आर्जन वा आर्थिक कारोवार गर्दा १% कर लाग्ने भनी गत आ.ब.को बजेटमा उल्लेख भएपनि आ.रा. बिभाग र नेपाल राष्ट्र बैंकबाट हालसम्म यो बिषय कार्यन्यन नभएको
  • नेपालमा बसेर बिदेशी कम्पनिमा अनलाईन जब गर्ने कर्मचारीले पाउने पारिश्रमिकलाई रेमिटेन्समा राखियो। त्यसबाट कर उठाउने कामको सुरुवात नै गरिएन
  • यो क्षेत्रलाई करको दायरामा ल्याउनु पर्यो।

पोखरा -१५ कास्कीबाट आएको सुझाव

  • दृष्टी बिहिनले पनि अनलाईन कारोबार गर्ने ब्यवस्था हुनुपर्यो

मिर्चैया, सिरहाबाट आएको सुझाव

  • कर छली घटाउनलाई भ्याट बिल काट्ने र समानको स्टकको अवस्था अनलाइनबाट नै देखाउने ब्यवस्था हुनुपर्यो
  • सानो सानो कारोबारमा अनलाइन बैंकिङ्ग शूल्क दर घटाउनु पर्यो

गडवा-६ बनकट्टी ,दाङबाट आएको सुझाव

  • गढवा देखि खवरीखुट्टीसम्म ३० कि मि सडक निर्माण हुनुपर्यो
  • जलश्रोतमा लगानी बृदि गरी बिद्युत उत्पादन बढाउनु पर्यो
  • टिकटक, फ्रि-फायर जस्ता ज्ञ्यामहरु बन्द गर्नुपर्यो

बारबर्दिया-९, बर्दिया बाट आएको सुझाव

  • आर्थिक संकट हटाउन अनलाईन ग्यामबाट बिदेशिने रकम रोक्नुपर्यो
  • वा यस्ता ग्यामबाट कर संकलन गर्नुपर्यो

घोराई-१७ दाङ बाट आएको सुझाव

  • किष्टो करेन्सीलाइ नियमनको लागि सम्भाब्यता अध्ययन गर्नु पर्यो

गल्याङ्ग-५ स्याङ्गजाबाट आएको सुझाव

  • बिद्यालयमा आइटिटि कार्यक्रम (कम्प्यूटर, इन्टरनेट र दक्ष जनशक्तिको व्यवस्था) संचालन हुनुपर्यो

बुटवल-९, रुपन्देहीबाट आएको सुझाव

  • म्यान्यूअल बिलिङ्गबाट करछली बढी भएकोले अनलाईन बिलिङ्गलाई प्रभावकारी रुपमा लागु गर्नुपर्यो

महाराजगंज, काठमाण्डौंबाट आएको थप सुझाव

  • महाबिर पुनको अविस्कार केन्द्रलाई पाँच/दश करोड अनुदान दिनुपर्यो

प्रकाशित: २ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार