
काठमाडौं ।
टीभीएस मोटरले सन् २०२२ मा भारतीय बजारमा केही नयाँ इलेक्ट्रिक टूह्विलर ल्याउने तयारी गरेको छ। यसका लागि कम्पनी नयाँ सवारीसाधन र उपलब्ध सवारीसाधनको उत्पादन वृद्धि गर्न करिब ७ अर्ब भारु पूँजी लगानी गर्ने योजना बनाएको छ।
इकोनोमिक टाइम्सको रिर्पोट अनुसार कम्पनीले नयाँ टूह्विलर इलेक्ट्रिक सवारी सन् २०२२ को जून वा जूलाईमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
टीभीएस अटोका एक उच्च अधिकारीका अनुसार कम्पनी ५ किलोवाट र २५ किलोवाट रेन्जको टू–ह्विलर र थ्री ह्विलरको एक पूरा पोर्टफोलियो तयार गरिरहेको छ । यसका केही उत्पादन चालु वर्षमै सार्वजनिक गरिने सम्भवना छ ।
रिर्पोटका अनुसार कम्पनीको एक मात्र इलेक्ट्रिक स्कुटर ‘टीभीएस आईक्यूब’ले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। कम्पनी आफ्नो इलेक्ट्रिक ‘टीभीएस आईक्यूब’को उत्पादन क्षमता १० हजार यूनिट प्रति महिनासम्म बढाउने योजनामा छ।
‘टीभीएस आईक्यूब’ मा ४.४ किलोवाट लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। यो ब्याट्रीले फुल चार्चमा ७५ किलोमिटरको रेञ्ज प्रदान गर्छ।
वर्तमान समयमा टीभीएस अटोले भारतीय टू–ह्विलर बजारमा १७ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीले गत आर्थिक वर्ष सन् २०२१/२२ मा साढे २० लाख सवारी बिक्री गरेको थियो। जसमा करिब ११ लाख सवारी निर्यात भएको थियो।
प्रकाशित: २८ बैशाख २०७९, बुधबार