भारतमा पहिलो त्रैमासमा स्मार्टफोन व्यापार घट्यो: रिपोर्ट

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
भारतमा पहिलो त्रैमासमा स्मार्टफोन व्यापार घट्यो: रिपोर्ट

काठमाडौं ।

भारतमा यो वर्षको पहिलो त्रैमासमा स्मार्टफोन शिपमेन्टमा गिरावट आएको छ।

पहिलो त्रैमासमा ३ करोड ७० लाख थान स्मार्टफोन शिपमेन्ट भएको र यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले कम भएको इन्टरनेशनल डाटा कर्पोरेशन आईडीसीले जनाएको छ।

यो अवधिमा शाओमीले ८५ लाख थान स्मार्टफोन बिक्री गरेर अग्रस्थानमा रहेको थियो भने सामसङ ७० लाखसहित दोस्रो स्थानमा र रियलमी ६० लाखसहित तेस्रो स्थानमा रहेका थिए।

जीएसएमएरिनाका अनुसार रियलमी ब्राण्डमात्र यो अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भारतमा ४६.३ प्रतिशत बजार बढाउन सफल रहेको थियो।

यो सूचीको उत्कृष्ट पाँचमा ५५ लाख थानसहित भिभो तथा ३५ लाख थानसहित ओपो समावेश भएका छन्।

विश्लेषकहरुले तेस्रो लहरको कोभिड-१९, आपूर्ति श्रृङ्खलाको अभाव तथा बढ्दो मुद्रास्फीतिका कारण यो अवधिमा स्मार्टफोन शिपमेन्टमा गिरावट आएको बताएका छन्।

यसै समयमा स्मार्टफोनहरुको औसत बिक्री मूल्य पनि बढेर १७ हजार भारु अर्थात् २२१ डलरसम्म पुगेको थियो जुन हालसम्मकै उच्च आँकडा थियो। यस्तै अफलाइन शिपमेन्ट पनि १३ प्रतिशतले कम भएको आईडीसीको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...