
काठमाडौं ।
नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ईकमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गतेदेखि प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक अभियान सञ्चालन गर्ने भएको छ।
यस अभियानमा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्किड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन्।
त्यसै गरी सो अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुट सहितका रहस्यमय सामानहरू (Mysterious Products) को फ्ल्याश शेल पनि सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
यसका साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको जनाएको छ।
प्रकाशित: १७ बैशाख २०७९, शनिबार