राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमको नयाँ अफर

  • Technology Khabar | १७ बैशाख २०७९, शनिबार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं ।

यही बैशाख १९ गते अर्थात मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­ २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर National ICT Day Offer) उपलब्ध गराउने भएको छ।

कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो। यो अफर बैशाख १८ देखि बैशाख २४ गतेसम्म उपलब्ध हुने जानकारी दिएको छ।

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु.९८ मा खरिद गर्न सकिने छ। त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ९९ मा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुनेछ।

Description Data (GB) Validity Tariff (Inclusive of TSC and VAT)
6 GB Data 6 3 Day 98

 

Description Validity Tariff (Inclusive of TSC and VAT)
1 Mbps Unlimited + On Net Voice Unlimited 1 Day 49

सो सुविधा *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी खरिद गर्न सकिन्छ।

यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र रु.५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ।

SN Upon Recharge of RS (MPoS) Data Bonus (GB) Validity (Days)
1 200-499 1 GB 2
2 500 and Above 2 GB 4

यस अफरबाट ग्राहकहरुले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको उल्लेख छ।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार