मस्कले ट्विटर किन्नुभन्दा अगाडि टेस्लाको ८.५ अर्ब डलरको शेयर बेचेको खुलासा

  • Technology Khabar | १७ बैशाख २०७९, शनिबार
मस्कले ट्विटर किन्नुभन्दा अगाडि टेस्लाको ८.५ अर्ब डलरको शेयर बेचेको खुलासा

काठमाडौं ।

टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले इलेक्ट्रिक भेहिकल निर्माताको आफ्नो ८.५ अर्ब डलर मूल्यको शेयर बेचेको अमेरिकी स्टक फाइलिङले देखाएको छ।

सम्भवतः उनको ट्विटर इंकको योजनाबद्ध खरिदलाई लगानी गर्न मद्दत गर्ने उद्देश्यले यो बिक्री गरिएको हुनसक्ने समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

मस्कले बिहीबार एक ट्वीटमा भने, “आज पछि टेस्ला बिक्रीको योजना छैन”। उनले यस हप्ता करिब ९ करोड ६० लाख शेयर बेचेका छन्। बिहीबार र शुक्रबारको फाइलिङ अनुसार यो कम्पनीमा उनको ५.६ प्रतिशत सेयर बराबर रहेको छ।

मस्कको हालैको टेस्ला सेयर बिक्री रिपोर्ट गरिएको थियो कि थिएन भन्ने स्पष्ट छैन्।

मस्कले सोमबार ट्वीटरलाई ४४ अर्ब डलर नगदमा किन्ने सम्झौता गरेपछि यो बिक्री भएको हो जसले लाखौं प्रयोगकर्ताहरू र विश्वव्यापी नेताहरूले भरिएको सोशल मिडिया प्लेटफर्मको नियन्त्रणलाई विश्वको सबैभन्दा धनी व्यक्तिमा हस्तान्तरण गर्नेछ।

फोर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति २६८ अर्ब डलर छ।

सम्झौताको एक भागको रूपमा, मस्कले २१ अर्ब डलर इक्विटी प्रतिबद्धता प्रदान गर्ने बताएका छन्।

अर्बपतिले कसरी बाँकी १२.५ अर्ब डलर इक्विटी लगानी उठाउनेछन् भन्ने हाल स्पष्ट भएको छैन। मस्कसँग सूचीबद्ध नभएको रकेट कम्पनी स्पेसएक्समा ४३.६१ प्रतिशत हिस्सेदारी छ, जसको मूल्य कथित रूपमा १०० अर्ब डलर छ।

अप्रिल ४ मा मस्कले ट्विटरमा ९ प्रतिशत भन्दा बढी हिस्सेदारीको खुलासा गरेपछि टेस्लाको शेयर लगभग २० प्रतिशतले घटेका छन्।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...