
काठमाडौं ।
मेटा प्लेटफर्म इंकको फेसबुकमाथि रुसमा लागेको प्रतिबन्धविरुद्ध कम्पनीले कानूनी उपचार खोज्ने भएको छ।
आफ्ना केही गतिविधि ‘अतिवादी’ भएको आरोपमा प्रतिबन्ध लगाइएको विरुद्धमा मेटाले मस्कोको अदालतमा उजुरी दिने भएको रोयटर्सले जनाएको छ।
यो जानकारी शुक्रबार अदालतको कार्यालयलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार समितिले प्रकाशन गरेको रिपोर्टमा आधारित छ।
रुसले गत मार्चमा मेटाले देशमा ‘अतिवादी गतिविधि’ गरेको आरोप लगाउँदै फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो। तर मेटा अन्तर्गतकै ह्वाट्सएप मेसेन्जरमाथि भने प्रतिबन्ध लगाएको थिएन।
यही प्रतिबन्धविरुद्ध मेटा अदालतसम्म पुग्न लागेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १७ बैशाख २०७९, शनिबार