
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्कले ट्विटर किनेको ऋण तिर्नका लागि टेस्लाकव ४ अर्ब डलर बराबरको शेयर बिक्री गरेका छन्।
मस्कले सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशन एसईसीमा बिहीबार बुझाएको दस्तावेजमा उक्त बिक्रीका बारेमा खुलाइएको एपीन्यूजले जनाएको छ।
ती शेयरहरु पछिल्ला केही दिनमा बिक्री गरिएका र तिनीहरुको मूल्य प्रतिशेयर ८७२.०२ देखि ९९९.१३ सम्म रहेको बुझिएको छ।
विश्वकै धनाढ्य मस्कले कम्पनीको थप शेयर बेच्ने कुनै योजना नभएको ट्विटरमार्फत् जानकारी दिएका छन्।
तीमध्ये धेरै शेयर बिहीबार बिक्री भएका पाइएको छ। बिहीबार एकै दिनमा टेस्लाको शेयर मूल्यमा १२ प्रतिशतको भारी गिरावट आएको थियो।
विश्लेषकहरुका अनुसार लगानीकर्ताहरु मस्क ट्विटरतिरमात्र लागेर इलेक्ट्रिक कार कम्पनीलाई नहेर्ने पो हुन् कि भनेर बिच्किएका एपीन्यूजले उल्लेख गरेको छ।
प्रकाशित: १७ बैशाख २०७९, शनिबार