चीनद्वारा दुई नयाँ स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
चीनद्वारा दुई नयाँ स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

चीनले शुक्रबार दुई ओटा नयाँ स्याटेलाइटहरु अन्तरिक्षमा पठाएको छ।

सिन्ह्वानेटका अनुसार चीनले आज शुक्रबार चीनको उत्तर-पश्चिम भागमा रहेको ज्यूक्वान स्याटेलाइट लञ्च सेन्टरबाट दुई ओटा नयाँ स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको हो।

सिवेई ०१ र ०२ नाम गरेका ती स्याटेलाइटहरु लङ मार्च-२सी क्यारियर रकेटमार्फत् शुक्रबार स्थानीय समय अनुसार मध्याह्न १२ बजेर ११ मिनेटमा प्रक्षेपण गरिएका सिन्ह्वानेटले जनाएको छ।

ती स्याटेलाइटहरु योजना अनुरुप नै अक्षमा अवतरण गरिसकेको पनि बताइएको छ।

ती स्याटेलाइटले सर्वेक्षण तथा नक्शांकन, वातावरणीय संरक्षण, शहरी सुरक्षा तथा डिजिटल ग्रामीण विकाससँग सम्बद्ध उद्योगहरुका लागि व्यावसायिक रुपमा रिमोट सेन्सिङ तथ्याङ्क उपलब्ध गराउने बुझिएको छ।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार