
काठमाडौं ।
-साजन सुवेदी
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।
उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५७ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या दिइएको छ। यो महिना अघिल्लो महिनाको तुलनामा दुई ओटा नयाँ सेवा प्रदायकहरु थपिएका छन्।
पुष मसान्तसम्म यो सूचीमा ५५ सेवा प्रदायकमात्र अटाएका थिए।
आँकडा अनुसार माघ महिनामा उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ६, ११, २७३
| पुष मसान्त – ५, ८७, ३६२ | माघ मसान्त – ६, ११, २७३ | वृद्धि – २३, ९११ |
२०७८ पुष मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ५ लाख ८७ हजार ३६२ रहेकोमा माघ मसान्तसम्म आइपुग्दा २३ हजार ९११ ले बढेर ६ लाख ११ हजार २७३ मा पुगेको छ।
२. सुविसु केबलनेट प्रालि २, १७, ४४३
| पुष मसान्त- २,५१, २५५ | माघ मसान्त – २, १७, ४४३ | गिरावट – ३३, ८१२ |
सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या माघ मसान्तसम्म २ लाख १७ हजार ४४३ मा झरेका छन्। यो सङ्ख्या पुष मसान्तसम्म २ लाख ५१ हजार २५५ रहेको थियो।
यस हिसाबले हेर्दा एक महिनामा सुबिसुले एक महिनामा ३३ हजार ८१२ ग्राहक थपेर दोस्रो स्थानमै रहन सफल भएको देखिन्छ।
३. क्लासिकटेक प्रालि – २,०२ , २६१
| पुष मसान्त – २, ०२, २६१ | माघ मसान्त – २, ०७, १९० | वृद्धि – ४, ९२९ |
उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना पनि तेस्रो नम्बरमै रहेको क्लासिकटेक प्रालिको पुष महिनासम्मको कुल ग्राहक सङ्ख्या २ लाख २ हजार २६१ रहेको थियो।
माघ मसान्तसम्मको एक महिनाको अवधिमा ४ हजार ९२९ वृद्धि भएर २ लाख ७ हजार १९० पुगेको छ।
४.भायानेट प्रालि – १, ६२, ३७७
| पुष मसान्त – १, ६२, ३७७ | माघ मसान्त – १, ६२, ३७७ | अन्तर – यथावत |
१ लाख ६२ हजार ३७७ ग्राहक सङ्ख्यासहित पुष महिनामा चाैथो नम्बरमा रहेको भायानेट प्रालि एक महिनाको अवधिमा सङ्ख्यामा कुनै घटबढ नभई माघ मसान्तमा पनि १ लाख ६२ हजार ३७७ सहित चौथो नम्बरमै रहेको छ।
५. टेकमाइण्ड्स नेटवर्क प्रालि ८६, ५७५
| पुष मसान्त – ८४, १०५ | माघ मसान्त – ८६, ५७५ | अन्तर – २, ४७० |
चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि ग्राहक सङ्ख्या ८४ हजार १०५ रहेकामा माघ मसान्तसम्म आइपुग्दा कम्पनीले २ हजार ४७० ग्राहक थपेर समग्रमा ८६ हजार ५७५ पुर्याउँदै पाँचौं नम्बरमै रहन सफल भएको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ६९, ७३५
| पुष मसान्त – ६९, ७३५ | माघ मसान्त – ६९, ७३५ | अन्तर – यथावत् |
कुल ग्राहक सङ्ख्या ६९ हजार ७३५ सहित पछिल्लो महिना छैटौं नम्बरमा रहेको वेबसर्फर नेपाल माघ मसान्तसम्मको एक महिनामा ग्राहक सङ्ख्यामा कुनै घटबढ नगरी सोही आँकडासहित छैटौं नम्बरमै यथावत् रहेको छ।
७. डिश मिडिया नेटर्क ६९, ८१६
| पुष मसान्त – ५४, ४८६ | माघ मसान्त – ६९, ८१६ | वृद्धि – १४,६३० |
अघिल्लो महिना ५४ हजार ४८६ ग्राहकसहित सूचीको सातौं नम्बरमा रहेको डिश मिडिया नेटवर्क माघ मसान्तसम्मको एक महिनाको अवधिमा १४ हजार ६३० ग्राहक थप्दै ६९ हजार ८१६ पुर्याएर सूचीको सातौं स्थानमा यथावत् रहेको छ।
८. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ५५, ४६७
| पुष मसान्त – ५३, ३९५ | माघ मसान्त – ५५, ४६७ | वृद्धि – २, ०७२ |
पुष मसान्तसम्म ५३ हजार ३९५ ग्राहक सङ्ख्यासहित उत्कृष्ट १० को आठौं नम्बरमा रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि माघ मसान्तसम्मको एक महिनाो अवधिमा २ हजार ७२ ग्राहक थपेर आठौं नम्बरमै यथावत् रहन सफल भएको छ।
९. सिम्पल मिडिया नेटवर्क केबल प्रालि १७, ४९५
| पुष मसान्त – १७, ४९५ | माघ मसान्त – १८, ८४६ | वृद्धि – १, ३५१ |
१७ हजार ४९५ ग्राहकसहित अघिल्लो महिनासम्म उत्कृष्ट १० को दशौं स्थानमा परेको सिम्पल मिडिया नेटवर्क प्रा लिले एक महिनाको अवधिमा १ हजार ३५१ ग्राहक थपेर माघ मसान्तसम्म १८ हजार ८४६ ग्राहकसहित नवौं स्थानमा उक्लन सफल भएको छ।
१०. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०
| पुष मसान्त – १८, ५७० | माघ मसान्त – १८, ५७० | अन्तर – यथावत् |
१८ हजार ५७० ग्राहकसहित गत महिना सूचीको नवौं नम्बरमा यथावत् रहेको कनेक्ट नेपाल नेटवर्कले एक महिनाको अवधिमा ग्राहक सङ्ख्या बढाउन नसकेका कारण दशौं स्थानमा झर्नुपरेको छ।
*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ माघ मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।
प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार