आईतबार वेबकन २०२२ आयोजना हुँदै, स्टार्टअपहरुको विषयमा कुराकानी हुने

  • Technology Khabar | १६ बैशाख २०७९, शुक्रबार
आईतबार वेबकन २०२२ आयोजना हुँदै, स्टार्टअपहरुको विषयमा कुराकानी हुने

काठमाडौं ।

‘वेबकन २०२२ः टेक स्टार्टअप्स इन नेपाल’ यहि वैशाख १८ गते आईतबार आयोजना हुने भएको छ। वेब पोइन्ट सोलुसन र एस्टरडियो इंकको आयोजनामा वेबकन आयोजना हुने भएको हो।

सगरमाथा इन्जिनियरिङ कलेज सहकार्यमा आयोजना भएको सो कार्यक्रममा स्टार्टअपको बारेमा छलफल हुनेछ। कार्यक्रममा स्टार्टअप बारे २ वटा प्यानल डिस्कसन हुनेछन् ।

प्यानल डिस्कसन सेसनमा हाम्रो बजारका सीईओ रोहित तिवारी, बसोबार डटकमका सीईओ राजन अधिकारी, खल्तीका सहसंस्थापक अमित अग्रवाल, टुटलका संस्थापक सिक्षित भट्ट, हाम्रो पात्रोकी निर्देशक सुदिना गौतम, युएक्स क्यामका डिजाइन प्रमुख मनिस ओझाको सहभागी हुने बताईएको छ।

त्यस्तै वेब पोइन्ट सोलुसनकी क्वालिटी एसुरेन्स इन्जिनियर सम्रिन मल्ल, लिफ्रग टेक्नोलोजीका स्क्रम मास्टर विप्लव सुवेदी, लिम्बिक एडभरटाइजिङकी सीईओ प्रज्ञा शर्मा र फ्युजमेसिन्सका वरिष्ठ सफ्टवेयर इन्जिनियर जगतज्योती जी तुलाधरको पनि सहभागीता रहने छ।

आयोजककाअनुसार प्यानल डिस्कसनमा नेपालमा स्टार्टअप कसरी सुरू गर्ने, के के छन् चुनौती, कसरी राम्रो गर्न सकिन्छ लगायतका विषयमा छलफल हुनेछ।

कार्यक्रममा रजिष्ट्रेसन गरेका मात्रै व्यक्तिहरुमात्र सहभागी हुन सक्नेछन्।

प्रकाशित: १६ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार