
काठमाडौं ।
डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत वालकल्याण आधारभुत विद्यालयमा बैशाख ३ गते एक कार्यक्रमका बिच उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला बितरण गरिएको छ।
११० जना बिद्यार्थी रहेको उक्त विद्यालयका बिद्यार्थी हरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले शैक्षिक सामग्री सहितको झोला वितरण गरे।
डिश होमको उक्त कार्यक्रममा ऐक्यबद्दता जनाउँदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फवाट वाटर डिस्पेन्सर ,पानि को जार , डस्टविन , लगाएत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाइ हस्तान्तरण गरिएको छ।
प्रदिप सुबेदीले डिश होमले देशैभरि विद्यार्थी हरुको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए।
उक्त कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदी ,सेल्स अफिसर बिमल मान थाप, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विद्यलयका शिक्षकहरु,अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो।
प्रकाशित: ४ बैशाख २०७९, आईतवार