
काठमाडौं ।
सामान्यतया: सडकमा जथाभावी पार्किङ गरेमा वा कुनै ट्राफिक नियम उल्लङ्घन गरेमा प्रहरीले गाडी लक गर्न वा तानेर लैजान अथवा सडकको किनारातर्फ धकेलेर राखिदिन सक्छ।
हालै अमेरिकाको सान फ्रान्सिस्कोमा प्रहरीले एउटा स्वचालित क्रुज कारमा चालकको सिटमा कोही नदेखेपछि धकेलेर सडकको किनारामा राख्दै गरेको भिडियो अनलाइनमा पोस्ट भएको छ।
गत अप्रिल १ तारिखका दिन पोस्ट गरिएको भिडियोमा उक्त क्रुज कारलाई शुरुमा सडकको किनारातिर धकेलिन्छ। त्यसपछि एक जना प्रहरी चालकको सिटमा बस्न लाग्दा यो आफैं अडिन्छ र बसेर चौबाटो पार नगरुन्जेल आफैं अगाडि बढ्छ।
चौबाटो पार गरेपछि उक्त कार फेरि सडकै सडक अगाडि बढेको भिडियोमा देखिएको सीएनबीसीले जनाएको छ।
भिडियोमा एक बटुवा कराएको सुनिन्छ, ‘के यो साँच्चै हो? यो कसरी भयो?’
क्रुजले भने उक्त गाडीले सामान्य व्यवहार गरेको बताएको छ।
‘हाम्रो स्वचालित कार प्रहरीको गाडी नजिक गएर अपेक्षा अनुरुप आफैं बिस्तारै सुरक्षित स्थानतर्फ गयो। एक अधिकारीले हामीलाई सोधपूछ गरेर कसैलाई उद्धृत नगरी उल्लेख गरेको छ’, क्रुजले ट्विटरमा पोस्ट गरेको छ।
क्रुजले सीएनबीसीलाई बताए अनुसार सान फ्रान्सिस्को प्रहरी विभागमा कम्पनीका गाडी यसरी तानिएमा फोन गर्नका लागि विशेष हटलाइन नम्बरको व्यवस्था छ। तर उक्त प्रहरी विभागका अधिकारीहरुले भने कुनै थप जानकारी नदिएको समाचारमा उल्लेख छ।
यो हाँसो उठ्दो घटनाले सडकमा चालकरहित कारहरुको बिगबिगी हुँदा आउनसक्ने सामान्य अवस्थाको चित्रण गरेको बुझिएको छ।
प्रकाशित: २९ चैत्र २०७८, मंगलवार