स्न्यापड्रागन ८ जेन १+ युक्त पहिलो स्मार्टफोन आगामी जुनमा आउने

  • Technology Khabar | २६ चैत्र २०७८, शनिबार
स्न्यापड्रागन ८ जेन १+ युक्त पहिलो स्मार्टफोन आगामी जुनमा आउने

काठमाडौं ।

क्वालकमको स्न्यापड्रागन ८ जेन १+ चिपयुक्त पहिलो स्मार्टफोन आगामी जुन महिनामा आउने भएको छ।

कम्पनीले केही समयअघि सार्वजनिक गरेको स्न्यापड्रागन ८ जेन १ चिपको अपडेट गरिएको भर्सन स्न्यापड्रागन ८ जेन १+ केही समयमा उपलब्ध गराउने भएको छ।

नाम नबताउने शर्तमा एउटा आपूर्ति श्रृङ्खलाले दिएको जानकारी अनुसार यो फ्ल्यागशिप चिपको प्लस मोडल जुन वा जुलाईसम्म आइसक्ने तय भएको छ।

स्नयापड्रागनको यो प्लस मोडल चिपयुक्त पहिलो डिभाइस चीनमा सार्वजनिक हुने बताइए पनि यसको ब्रान्ड वा नाम भने यकिन रुपमा खुलाइएको छैन।

शुरुका आकलन अनुसार यो डिभाइस वनप्लस १० अल्ट्रा हुन सक्ने भनिए पनि यसमा डाइमेन्सिटी ९००० वा हाल १० प्रो मा रहेको स्न्यापड्रागन ८ जेन १ नै राखिने पक्का जस्तै भइसकेको छ।

स्न्यापड्रागन ८ जेन १+ टीएसएमसीको ४ एनएम प्रोसेसमा बन्ने र यो यसअघिको स्न्यापड्रागन ८ जेन १ जस्तै तर केही बढी क्लक स्पीडसहितको हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...