रुसको टेक कम्पनी यान्डेक्स प्रमुखले दुई हप्ता अघि नै पद छोडिन्

  • Technology Khabar | २१ चैत्र २०७८, सोमबार
रुसको टेक कम्पनी यान्डेक्स प्रमुखले दुई हप्ता अघि नै पद छोडिन्

काठमाडौं ।

रुसको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी यान्डेक्स एलएलसीको प्रमुख कार्यकारीको पदबाट एलेना बुनिनाले राजीनामा दिँदैछिन्। उनको कार्यकाल अप्रिल १५ मा समाप्त हुने केही हप्ता अघि नै उनले राजीनामा दिने कम्पनीले शनिबार जानकारी दिएको छ।

“एलेना बुनिनाले यान्डेक्स एलएलसीमा सीईओ र मानव संसाधन निर्देशकको पद छोड्दैछिन्, यो उनको व्यक्तिगत निर्णय थियो,” यान्डेक्सको प्रेस सेवाले इमेलमा भनेको रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ।

यसका साथै कम्पनीका वरिष्ठ प्रबन्धक आर्टेम सभिनोव्स्कीलाई कार्यवाहक सीईओमा नियुक्त गरिएको छ।

यस कदमको कारणको बारेमा थप विवरणहरू दिइएन्। यो यान्डेक्सबाट हालैको दोस्रो उच्चस्तरीय प्रस्थान हो, जसले मेसिन लर्निङद्वारा संचालित इन्टेलिजेन्ट उत्पादनहरू र सेवाहरू निर्माण गर्दछ।

गत महिना, यान्डेक्स एलएलसीको अभिभावक कम्पनी नास्डाकमा सूचीबद्ध यान्डेक्स एनभीका टिग्रान कुदभेरदायनले कार्यकारी निर्देशकर डेपुटी सीईओको पदबाट राजीनामा दिएका थिए। यो कम्पनी नेदरल्याण्डमा दर्ता छ।

युक्रेनमा मस्कोको आक्रमणपछि  युरोपेली संघले उनलाई र रूसी व्यवसायीहरूको समूहलाई प्रतिबन्धमा समावेश गरेपछि राजीनामा दिएका थिए। कुदभेरदायनलाई व्यक्तिगतरुपमा प्रतिबन्ध लगाईएको थियो।

रिपोर्टकाअनुसार प्रमुख कार्यकारीको पदबाट राजीनामा दिएपनि एलेना बुनिनाले कम्पनीमा अप्रिल १५ सम्म महानिर्देशको रुपमा काम गर्नेछिन्।

प्रकाशित: २१ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...