राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

  • Technology Khabar | २० चैत्र २०७८, आईतवार
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

काठमाडौं ।

पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन दैनिक रूपमा भीड लाग्ने गरेको छ। विद्युतीय राहदानी बनाउन राष्ट्रिय परि चयपत्र अनिवार्य भएपछि भीड लाग्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको बाक्लो भीड लाग्ने गरेको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

तीन महिना पहिला जिल्लाका स्थानीय तहमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनको टोली गएको थियो । विदेश जानुपर्ने युवालाई विद्युतीय राहदानी बनाउनुपर्ने भएपछि चाप बढेको हो ।

दैनिक रूपमा एउटा कम्प्युटरमा करिब ३५ देखि ४० जनाको सङ्ख्यामा राष्ट्रिय परिचयपत्र बनाउने गरिएको जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिल कहारले बताए । गोरखापत्रबाट

प्रकाशित: २० चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...