पर्यटन प्रवर्द्धनका लागि ‘गुगल म्याप’सहितको ‘क्युआर’

  • Technology Khabar | २ आश्विन २०८३, शुक्रबार
पर्यटन प्रवर्द्धनका लागि ‘गुगल म्याप’सहितको ‘क्युआर’
सांकेतिक तस्विर। फ्रिपिक डटकमबाट

काठमाडौं ।

पर्सा जिल्लाको पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले ‘गुगल म्याप सहितको ‘क्युआर’ प्रणालीको विकास गरेको छ।

उक्त प्रणालीमा धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थानको पहिचान, सो स्थानमा पुग्न लाग्ने समय उपलब्ध छ।

यस्तै, खाना नास्ता तथा बसोबासका लागि उपलब्ध होटल पनि क्युआर प्रणालीमा हेर्ने सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

रेष्टुरेन्ट तथा रिसोर्टको सुविधा, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क फोन नम्बर, वीरगञ्जदेखि ती स्थानमा पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, नजिकको अस्पतालको विवरण समावेश गरिएको छ ।

प्रहरीले उक्त क्युआर स्क्यान गरी आफूलाई चाहिने सूचना प्राप्त गर्न सबैलाई अनुरोध गरेको छ । रासस

प्रकाशित: २ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...