काठमाडौं ।
यामाहा नेपालले दशैंलाई लक्षित गरी ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ।
ग्राहकलाई यामाहाका नयाँ प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको हो।
कम्पनीका अनुुसार यस अभियान अन्तर्गत ग्राहकले क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गरेर १ लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका पाउनेछन्। खरिद गरेको सवारीसाधनको भेरिफिकेसन गरेपछि भने ग्राहकले १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउनेछन्।
साथै, रजिस्ट्रेसन गरेका ग्राहकले हरेक हप्ता विभिन्न हाइटेक ग्याजेट जित्ने मौका पनि पाउनेछन्, जसले यस अभियान अवधिभर थप उत्साह थप्नेछ। अभियानको ग्रान्ड प्राइज अन्तर्गत एकजना भाग्यशाली विजेताले ब्राण्ड न्यू यामाहा आर१५ घर लैजान पाउनेछन्।
चाडपर्वको समयमा सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले स्पट एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधा मार्फत ग्राहकले आफ्नो पुरानो सवारीसाधन तत्काल एक्सचेन्ज गर्न सक्नेछन्।
साथै, एमएडब्लु हायर पर्चेज मार्फत इजी फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ। ग्राहकले यामाहाको ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजना पनि लिन सक्नेछन्, जस अन्तर्गत नागरिकताको कागजात मात्र बुझाएर सवारीसाधन घर लैजान सकिनेछ।
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार