फोल्डेबल आइफोन अल्ट्रामा म्यागसेफ हुने नयाँ विवरण सार्वजनिक

  • Technology Khabar | २० भाद्र २०८३, शनिबार
फोल्डेबल आइफोन अल्ट्रामा म्यागसेफ हुने नयाँ विवरण सार्वजनिक

काठमाडौं ।

एप्पलले आफ्नो पहिलो फोल्डेबल आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। उक्त फोनलाई आइफोन अल्ट्रा भनिने हल्ला छ भने एप्पलले सेप्टेम्बर ९ मा आयोजना गर्ने कायक्रममा यसलाई सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ।

लन्च अघि ब्लुमबर्ग मार्क गर्मनले डिभाइसका केही नयाँ विशेषता र मूल्यसम्बन्धी विवरण सार्वजनिक गरेका छन्।

सबैभन्दा ठूलो अन्यौलमध्ये एउटा समाधान भएको देखिएको छ। आइफोन अल्ट्रामा म्यागसेफ चार्जिङ सर्पोट हुने अनुमान गरिएको छ। यस अघि सार्बजनिक भएका रेन्डर तथा परिक्षण मोडलहरुमा म्यागसेफको चुम्बकीय रिङ देखिएको थिएन।

गर्मनका अनुसार एप्पलले पातलो आइफोन एअरमै म्यागसेफ प्रविधिको समावेश गर्न सफल भएकाले फोल्डेबल आइफोनमा पनि यो प्रविधि राख्न सक्ने सम्भावना रहेको छ। रिपोर्ट अनुसार आइफोन अल्ट्रा खोलिएको अवस्थामा ४.५ मिलिमिटर मात्र पातलो हुन सक्छ।

टेलिग्राफका अनुसार डिभाइसमा ५.५ इन्चको बाहिरी डिस्प्ले र ७.८ इन्चको लचिलो भित्रि डिस्प्ले रहने अपेक्षा गरिएको छ। डिस्प्लेमा देखिने फोल्डको रेखा सामसङ ग्यालेक्सी जेड फोल्ड८ को तुलनामा केहि कम देखिने बताइएको छ।

अन्य चर्चामा रहेका विशेषतामा डुअल रियर क्यामेरा, एप्पलको नयाँ पुस्ताको चिप र मोडेम तथा फोल्ड गर्न मिल्ने थप टिकाउ बनाउन तयार पारिएको हिन्ज रहेका छन्। विश्लेषकहरुका अनुसार आइफोन अल्ट्रा सुरुवाति चरणमा सीमित संख्यामा मात्र उपलब्ध हुने सम्भावना रहेको छ।

प्रकाशित: २० भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार