बाढीपीडितका नाममा क्यूआरमार्फत् आफ्नो बैंक खातामा रकम संकलन गरेको आरोपमा एक जना पक्राऊ

  • Technology Khabar | १९ भाद्र २०८३, शुक्रबार
बाढीपीडितका नाममा क्यूआरमार्फत् आफ्नो बैंक खातामा रकम संकलन गरेको आरोपमा एक जना पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

बाढीपीडितलाई राहत तथा उद्धारका लागि सहयोग गर्ने भन्दै विभिन्न व्यक्तिबाट आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछि राहत तथा उद्धारका नाममा रकम संकलन गरिएको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा काठमाडौं महानगरपालिका–१४, कलंकीबाट चन्द्रागिरि नगरपालिका–१ घर भएका ४७ वर्षीय कृष्ण के.सी.लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार के.सी.लाई फेला पारी सम्झाइबुझाई तथा सोधपुछ गर्ने क्रममा उनले प्रहरी कर्मचारीसँग अमर्यादित व्यवहार गरेको आरोपसमेत लागेको छ।

उनीमाथि अमर्यादित व्यवहार गर्ने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।

प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार