चालु आर्थिक वर्षको पहिलो महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा उल्लेख्य वृद्धि

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
चालु आर्थिक वर्षको पहिलो महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा उल्लेख्य वृद्धि

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना २०८३ साउनमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ।

यसअघि जेठ मसान्तबाट असार मसान्तसम्म आइपुग्दा कारोबार रकम र सङ्ख्यामा उल्लेख्य गिरावट भएको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ साउन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य वृद्धि भएको पाइएको हो।

मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या जेठदेखि असारसम्मको एक महिनाको अवधिमा १५ लाख ६६ हजार ३८२ ले घटेर समग्रमा ७ करोड ७२ लाख ५ हजार ८६६ पुगेको थियो।

२०८३ असार मसान्तबाट साउन मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा ५२ लाख ७९ हजार २१८ ले बढेर ८ करोड २६ लाख ५ हजार १०४ पुगेको छ।

यसैगरी कारोबार रकम जेठदेखि असार सम्मको एक महिनाको अवधिमा १४ अर्ब ६३ करोड ९० लाखले घटेर समग्रमा ५ खर्ब ९७ अर्ब ७५ करोड ५० लाख मा झरेको थियो।

यो आँकडा असार मसान्तबाट साउन मसान्तसम्मको एक महिनाको अवधिमा ९९ अर्ब ८ करोड ३० लाखले बढेर समग्रमा ६ खर्ब ९६ अर्ब ९३ करोड ८० लाख रुपैयाँमा आइपुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार