वैदेशिक रोजगारमा रहेका श्रमिकका भोटेकोशी बाढी प्रभावित परिवारका लागि टेलिमेडिसिन तथा मनोसामाजिक परामर्श

  • Technology Khabar | १२ भाद्र २०८३, शुक्रबार

काठमाडौं ।

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रका वैदेशिक रोजगारमा रहेका श्रमिक तथा उनीहरूका परिवारका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ।

बाढीका कारण परिवारको सुरक्षा र अवस्थाबारे चिन्ता तथा तनावमा रहेका विदेशमा रहेका नेपाली श्रमिक र प्रभावित श्रमिक परिवारलाई लक्षित गरी सेवा सञ्चालन गरिएको बोर्डले जनाएको छ। बोर्डले बाढी प्रभावित श्रमिक तथा श्रमिक परिवारले सेवा लिन सक्ने गरी सम्पर्क नम्बर सार्वजनिक गरेको हो।

बोर्डका अनुसार टेलिमेडिसिन सेवाका लागि ९८५१३४५७०१ र ९८५१३४५७०२ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, मनोसामाजिक परामर्शका लागि ९७६८४६५२२५ र ९७१४६०५८०० मा सम्पर्क गर्न सकिनेछ।

यी सेवाहरू कल, ह्वाट्सएप, इमो र भाइबरमार्फत लिन सकिने बोर्डको सूचनामा उल्लेख छ।

वैदेशिक रोजगार बोर्डले यसअघि पनि विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य जोखिम न्यूनीकरण तथा मानसिक स्वास्थ्य सहयोगका लागि टेलिमेडिसिन र मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्दै आएको छ।

बाढीबाट प्रभावित श्रमिक तथा उनीहरूका परिवारलाई आवश्यक परेको अवस्थामा उक्त सम्पर्क नम्बरमार्फत सेवा लिन बोर्डले आग्रह गरेको छ।

प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार