करिब ७ वर्ष पछि एप्पल वाच पुन: सेरामिकमा फर्कन सक्ने

  • Technology Khabar | ७ भाद्र २०८३, आईतवार
करिब ७ वर्ष पछि एप्पल वाच पुन: सेरामिकमा फर्कन सक्ने

काठमाडौं ।

एप्पलले एप्पल वाच सिरिज १२ का लागि पुनरागमनको तयारी गरिरहेको देखिएको छ।

नयाँ रिपोर्ट अनुसार अमेरिकि कम्पनीले स्मार्ट वाचको केस बनाउन सेरामिक सामाग्री पुन प्रयोग गर्न सक्ने देखिएकाे हाे।

एक्स प्लेटफर्मको एक सूचना अनुसार एप्पल वाच सिरिज १२ बडी भएको भेरियन्टमा पनि हुन सक्ने छ। फेरि एकपटक कम्पनीले प्रयोग गर्ने प्रिमियम सामग्रीको दायरा विस्तार गर्ने छ।

टेलिग्राफका अनुसार यदि यो सूचना सत्य सावित भएमा करिब ७ वर्ष पछि एप्पल वाच सिरेमिकमा पुन फर्किनेछ। द टेलिग्राफका अनुसार एप्पलले पछिल्लो पटक सन् २०१९ मा ल्याएको एप्पल वाच एडिसन सिरिज ५ मा सिमेरिक प्रगोग गरिएको थियो। सिमेरिक मोडललाई प्रिमियम सेग्मेन्टमा राखिएको थियो। यसको आकर्षक तथा बिलासी फिनिसका कारण यो भिन्न देखिन्थ्यो।

सेरामिक भेरियन्ट सामान्य मोडलभन्दा महँगो हुने अपेक्षा गरिएको छ। यसले एप्पललाई एप्पल वाचको औसत बिक्रि मुल्य थप बढाउने मौका दिन सक्ने देखिएको छ।

एप्पल वाच सिरिज १२ अर्को महिनाको सुरुवातमा अर्थात सेटेम्बर ८ वा ९ मा सार्बजनिक हुने अनुमान गरिएको छ। यहि समयमा एप्पलले नयाँ आइफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोेन अल्ट्रा मोडलहरु सार्बजनिक गर्ने अपेक्षा गरिएको छ।

एप्पलले अहिले सम्म सेरामिक सामग्री लन्च गर्ने आधिकारीक मिति भने पुष्टि गरेको छैन।

यो जानकारी पुष्टि भएको खण्डमा भने सिरिज १२ ले एप्पल वाचको इतिहासमा विशेष मानिएको सामग्री मध्य फेरि फर्काउने छ। यसले क्लासिक एडिसन डिजाइन र नयाँ पुस्ताको प्रविधिमा प्रस्तुत गर्न सक्ने छ।

प्रकाशित: ७ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...