काठमाडौं ।
हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ।
जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो।
उक्त कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाख मै बजारमा प्रस्तुत गरेको थियो नाइमा अटो शोमा २ लाख छुट समेत प्रदान गरेको थियो।
१ करोड २८ लाख रहेको प्रिमियम भर्सन मोडलको पिकअपमा ५ लाख छुट प्रदान गरिएको थियो
।
छुट सुविधा नाइमा मोबिलिटी एक्सपोको लागि मात्र कायम गरिएको भएतापनि धेरै ग्राहकहरूको अनुरोधमा भदौ १५ गतेसम्मका लागि यथावत राखिएको कम्पनीले बताएको छ।
यो छुट सुविधा लिन इच्छुक ग्राहकहरूले हात्तीसार स्थित म्याक्ससको सोरुममा नै गएर बुकिङ गर्न सक्ने छन्।
विशेषगरी युवा उमेरका, कच्ची सडकहरूमा यात्रा गरिराख्नुपर्ने व्यक्तिहरू तथा क्याम्पिङमा रुचि राख्ने व्यक्तिहरूले यो सवारी साधन रुचाएको देखिन्छ।
कम्पनीका अनुसार म्याक्सस पिकअप अन्य भन्दा एग्रेसिभ देखिनु, सुविधा सम्पन्न कारहरूमा जत्तिकै फिचरहरू लोड भएको साथै व्यवसायीक र निजी दुवै प्रयोजनका लागि उपयुक्त हुने भएका कारण पनि नेपालमा यसले छिटै बजार लिएको देखिन्छ।
उच्च ग्राउन्ड क्लिरेन्सका भएका कारण कन्स्ट्रक्सन तथा हाइड्रोपावर फिल्डमा भएका व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप उपयुक्त हुनुको साथै किफायती समेत हुने जनाइएको छ।
प्रकाशित: ४ भाद्र २०८३, बिहीबार