एकीकृत दूरसञ्चार नीतिको मस्यौदा उपर राय सुझाव उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

  • Technology Khabar | ३ भाद्र २०८३, बुधबार
एकीकृत दूरसञ्चार नीतिको मस्यौदा उपर राय सुझाव उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा उपर राय सुझाव उपलब्ध गराउन सबैसँग आग्रह गरेको छ।

दूरसञ्चार सम्बन्धी विद्यमान कानूनहरूलाई समयानुकूल परिमार्जन एवं कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउँदै दूरसञ्चार सेवालाई गुणस्तरीय, सुरक्षित, भरपर्दो र सर्वसुलभ बनाई विभिन्न क्षेत्रहरूमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गर्ने उद्देश्यका साथ नयाँ नीतिको मस्यौदा तयार पारिएको बताईएको छ।

यस्तै डिजिटल रूपान्तरणको माध्यमबाट देशको आर्थिक तथा सामाजिक विकास गर्नका लागि प्राधिकरणबाट एकीकृत दूरसञ्चार नीतिको मस्यौदा तयार गरी सरोकारवालाहरू सबैको राय, सुझाव तथा प्रतिक्रिया सङ्कलन गर्ने उद्देश्य लिईएको छ।

प्राधिकरणले दूरसञ्चार नीति, २०६०, ब्रोडव्याण्ड नीति, २०७१ तथा सूचना तथा सञ्चार प्रवर्धन नीति, २०७२ खारेज गर्नेगरी नयाँ नीतिको मस्यौदा सार्वजनिक गरेको छ।

प्राधिकरणबाट सार्वजनिक गरिएको उक्त मस्यौदामा सार्वजनिक गरिएको मितिले १५ (पन्ध्र) दिनभित्र राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराइदिनुहुन सम्बन्धित सरोकारवाला सबैसँग आग्रह गरेको छ।

प्रकाशित: ३ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार