जेठ महिनामा डिजिटल वालेटमार्फत हुने कारोबार: रकम घट्यो, सङ्ख्या उल्लेख्य बढ्यो

  • Technology Khabar | २ श्रावण २०८३, शनिबार
जेठ महिनामा डिजिटल वालेटमार्फत हुने कारोबार: रकम घट्यो, सङ्ख्या उल्लेख्य बढ्यो

काठमाडौं ।

चालु आर्थिक वर्षको एघारौं महिना जेठ नेपालमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम घटेको छ भने सङ्ख्या उल्लेख्य बढेको छ। यसअघि बैशाख महिनामा भने कारोबार रकम बढेको थियो भने सङ्ख्या उल्लेख्य घटेको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ फागुन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकममा बढोत्तरी तथा सङ्ख्यामा उल्लेख्य गिरावट देखिएको हो।

चैतबाट बैशाखमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार १० करोड ६७ लाखले बढेर समग्रमा ५ अर्ब ३० करोड ९८ लाखमा पुगेको थियो।
२०८३ वैशाखबाट जेठ मसान्तसम्म आइपुग्दाको एक महिनामा भने कारोबार रकम ७ करोड २१ लाखले घटेर समग्रमा ५ अर्ब २३ करोड ७७ लाखमा आइपुगेको छ।

यसैगरी कारोबार सङ्ख्या २०८२ चैतबाट २०८३ वैशाख मसान्तसम्म आइपुग्दा ३४ लाख ६६ हजार ९७८ ले बढेर समग्रमा ४ करोड ९९ लाख ३६ हजार १२२ मा पुगेको थियो।

२०८३ वैशाख मसान्तबाट जेठ मसान्तसम्म आइपुग्दा ८ लाख ५१ हजार ३१५ ले बढेर यो आँकडा ५ करोड ७ लाख ८७ हजार ४३७ पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: २ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...