पाख्रीबास नगरपालिकाका प्रमुखले महालेखा नियन्त्रक कार्यालयलाई सोधे- सुत्र किन चल्दैन?

  • Technology Khabar | ३२ असार २०८३, बिहीबार
पाख्रीबास नगरपालिकाका प्रमुखले महालेखा नियन्त्रक कार्यालयलाई सोधे- सुत्र किन चल्दैन?

काठमाडौं ।

धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्गले ‘सुत्र किन चल्दैन?’ भन्ने जिज्ञासासहित महालेखा नियन्त्रक कार्यालय काठमाडौंलाई पत्र पठाएका छन्।

‘चालु आ.व.२०८२/०८३ को आर्थिक वर्ष समाप्तिको समयमा असार २० गतेदेखि २५ गतेसम्म SUTRA प्रणाली चल्दै नचलेको भन्दा पनी फरक पर्दैन । कर्मचारीहरुले रातभरी बसेर काम गर्दा पनि सुत्र नचलेकै कारण धेरै भुक्तानी रोकियो । सुत्र नचलेको कारण रोकिएको भुक्तानीको जिम्मा कस्ले लिने ?’ पत्रमा उल्लेख छ।

उनले पत्रमा आजभोलि समेत आगामी आर्थिक वर्षको बजेट सुत्रमा इन्ट्री गर्न खोज्दा कर्मचारीहरुले सुत्र चलेन भन्ने गरेको गएर हेर्दा घुमेको घुमेकै गर्ने व्यहोरा लेखेका छन्।

‘दिउँसो पनि नचल्ने राति पनि नचल्ने, कहिले सम्ममा चाहिँ चल्ने बनाउनु हुन्छ ? जानकारी पाउन सके राम्रो हुन्थ्यो ?’, महालेखालाई उनको प्रश्न छ।

प्रकाशित: ३२ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...