१९६० को दशकको भव्य विचारमा आधारित अन्तरिक्षमा डाटा सेन्टरहरू बनाउने मस्कको योजना

  • Technology Khabar | ३० असार २०८३, मंगलवार
१९६० को दशकको भव्य विचारमा आधारित अन्तरिक्षमा डाटा सेन्टरहरू बनाउने मस्कको योजना
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

इलन मस्कले अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी प्राविधिक परियोजनाहरू मध्ये एक योजना बनाइरहेका छन्। उक्त योजना भनेको अन्तरिक्षमा डाटा सेन्टरहरू राख्ने रहेको छ।

यो विचार १९६० को दशकको पुरानो अवधारणामा आधारित रहेको छ। यो विचारले सौर्य ऊर्जा र अनन्त अन्तरिक्षको राम्रो उपयोग गर्नको लागि कम्प्युटिङ पूर्वाधारलाई पृथ्वीबाट सार्न सकिने सुझाव दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

स्पेसएक्स र एक्सएआई लगायत मस्कका कम्पनीहरूसँग जोडिएका योजनाहरू लक्ष्य भनेको स्याटेलाइटहरूको नेटवर्क सिर्जना गर्नु रहेको र त्यसले कक्षमा ठूला कम्प्युटिङ सेन्टरहरूको रूपमा काम गर्नेछ।
अन्तरिक्षमा सौर्य प्यानलहरूलाई वायुमण्डल वा बादलले अवरोध नगर्ने भएकाले यी केन्द्रहरूले सौर्य ऊर्जालाई अझ कुशलतापूर्वक प्रयोग गर्न सक्षम हुनेछन्।

यो विचारका समर्थकहरूले आर्टिफिसियल इन्टेलिजेन्सको द्रुत वृद्धिलाई बढीभन्दा बढी कम्प्युटिङ शक्ति र ऊर्जा आवश्यक परिरहेको अवस्थामा

अन्तरिक्षले पृथ्वीमा क्षमताको अभावको समाधान प्रदान गर्न सक्छ भन्ने तर्क गरेको सीएनएनले उल्ले गरेको छ।

कक्षमा डाटा सेन्टरहरूको लागि विचार गरिरहेका अन्य कम्पनीहरू र देशहरूले पनि यस्तै अवधारणाहरूमा छलफल गरिरहेका छन्।

तर विज्ञहरूले परियोजनाले प्रमुख चुनौतीहरूको सामना गर्नु पर्ने चेतावनी दिएका छन्। अन्तरिक्षमा सर्भरहरू निर्माण, मर्मत र सम्भार अत्यन्तै महँगो हुनेछ भने उपकरणहरू अपडेट गर्नु पृथ्वीमा परम्परागत केन्द्रहरू भन्दा धेरै गाह्रो हुनेछ।

अर्को समस्या भनेको उपकरणलाई चिसो पार्नु, ब्रह्माण्डीय विकिरणबाट जोगाउनु र लाखौं किलोग्राम उपकरणहरूलाई कक्षमा पठाउनु हो। त्यस कारणले गर्दा, केही अनुसन्धानकर्ताहरूले यो विचारलाई सम्भावित क्रान्तिको रूपमा हेरेका छन् भने अरूले धेरै जोखिमहरू सहितको प्राविधिक चुनौतीको रूपमा हेरेका छन्।

यदि यो विचार साकार भएको खण्डमा भने मस्कको परियोजनाले कम्प्युटिङ शक्तिको ठूलो भाग पृथ्वीबाट अन्तरिक्षमा सार्दै इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा संसारको सोच्ने तरिका परिवर्तन गर्नेछ।

प्रकाशित: ३० असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...