काठमाडौं ।
कपिलवस्तु जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सिसीटिभी जडान गरिएको छ।
स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सिसीटिभी जडान गरेको हो।
उक्त कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्रकुमार सिंहका अनुसार कपिलवस्तु नगरपालिकामा १४ वटा सिसीटिभी क्यामेरा र अन्य पालिकाहरूका मुख्य चोक, बजार तथा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका स्थानमा सिसीटिभी जडान गरिएको हो ।
आपराधिक गतिविधि नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सिसिटिभी जडान गरिएको उनले बताए। रासस
प्रकाशित: २८ असार २०८३, आईतवार