ट्राफिक कारबाहीमा ५ लाख २८ हजार राजस्व असुली

  • Technology Khabar | २१ असार २०८३, आईतवार
ट्राफिक कारबाहीमा ५ लाख २८ हजार राजस्व असुली
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको चेकिङ्ग। फाइल तस्बिर।

काठमाडौं ।

बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, संकेत बत्ती उल्लंघनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: २१ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार